चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न
चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...
चितवन - नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवनको सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सकिएको छ ।
नासा नेपालका परियोजना तथा वैदेशिक मामिला संयोजक सुवास भट्टराई र प्रशासन तथा मोबिलिटी व्यवस्थापक किरण धितालले संस्थाद्वारा भरतपुर महानगरपालिका क्षेत्रमा सम्पन्न गरिएको सार्वजनिक यातायात सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्री राज शर्माले ट्राफिक नियम, कानुन तथा चितवन जिल्लामा सार्वजनिक यातायातको वर्तमान अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरेको जनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन जिल्लामा सञ्चालित सार्वजनिक यातायात समिति, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग वाणिज्य संघ, बागमती प्रदेश अटोमोबाइल्स संघ र भरतपुर महानगरपालिकाका प्रतिनिधि, उद्योग व्यवसायी, सार्वजनिक सवारी चालक, सहचालक, युवा र विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
सार्वजनिक यातायात समितिका पदाधिकारी तथा प्रतिनिधि मित्रराज केसी, चिनीबहादुर बोहोरा, कृष्णप्रसाद लम्साल, कृष्णप्रसाद खनाल लगायतले जिल्लाको सार्वजनिक यातायात क्षेत्रका विद्यमान चुनौती, समस्या तथा सुधारका सम्भावनाबारे आफ्नो धारणा राख्दै सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्मार्ट सार्वजनिक यातायात प्रणाली कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षबीच आपसी सहकार्य र समन्वय अनिवार्य हुनुपर्नेमा जोड दिए ।
चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले सार्वजनिक यातायातको क्षेत्र सुधार गर्न उद्योग वाणिज्य संघले आवश्यक संयोजन गर्ने प्रतिबद्धता जनाएका छन् । चितवन उद्योग वाणिज्य संघको सभाहलमा कार्यशाला भएको हो ।
चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...
काठमाडौं- बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र...
काठमाडौं – पोखरामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...