पोखरामा खुल्यो प्रोटोनको नयाँ शोरुम, विक्री पछिको सेवा पनि उपलब्ध हुने

काठमाडौं– प्रोटोन नेपालले देशभर विद्युतीय गतिशीलतालाई तीव्र पार्ने ब्रान्डको अभियानमा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा पर्यटकीय शहर पोखरामा आफ्नो पछिल्लो शोरुम आधिकारिक रूपमा खोलेको छ । पोखराको बुद्ध चोकमा खोलिएको नयाँ शोरुमले ग्राहकहरूलाई प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन इमास७ को प्रत्यक्ष अनुभव प्रदान गर्ने छ ।

काठमाडौंमा सफल सुरुवात पछि, पोखरामा खोलिएको शोरुम, २०२५ सम्ममा राष्ट्रव्यापी विद्युतीय सवारी साधन (ईभि) नेटवर्क स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाको महत्वपूर्ण हिस्सा हो ।

यस अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदान विकल्पका बारे पनि सहजीकरण गरेको छ ।

बिक्री पछिको सपोर्टलाई अझ विश्वासिलो बनाउन, नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको छ ।

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘प्रोटोन नेपाललाई प्राकृतिक सौन्दर्य र अग्रगामी मानसिकता दुवैलाई मूर्त रूप दिने शहर पोखरामा ल्याउन पाउँदा हामी गर्व गर्छौं । यो विस्तारको साथ, हामीले पश्चिमी क्षेत्रका व्यक्ति र परिवारहरूका लागि स्वच्छ र स्मार्ट गतिशीलतालाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं र यो सुरुवात मात्रै हो ।’

यस अवसरमा जगदम्बा मोटर्सले पहिलो हप्ताको लागि पोखरामा प्रोटोन ग्राहकहरूको लागि शुन्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ । यसका साथै प्रोटोनले पोखराको अटोमोबाइल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचारहरू

भविष्यमा कस्तो कार बन्लान्, यस्तो देखायो एआईले

भविष्यमा कस्तो कार बन्लान्, यस्तो देखायो एआईले

कार र प्रेम शब्दहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। कार केवल सवारी...

सवारी साधनका हर्न अब मधुर संगीतमा

सवारी साधनका हर्न अब मधुर संगीतमा

शहरहरूमा दैनिकजसो मानिस ट्राफिक जाम र हर्नको कर्कश आवाजको समस्या...

पेट्रोलियमको विकल्प : विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको महावीर पुनको भनाइ

पेट्रोलियमको विकल्प : विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको महावीर पुनको भनाइ

काठमाडौं – पुराना पेट्रोलियम इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...