प्रोटोनको पहिलो विद्युतिय एसयूभी ईमास–७ सार्बजनिक, मूल्य कति ?

काठमाडौं– मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय एसयुभी ईमास–७ नेपाली बजारमा सार्बजनिक भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बुधबार एक कार्यक्रम आयोजना गरी गाडी सार्बजनिक गरेको हो ।

प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध सो नयाँ ईभीमा क्रमश ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिउको छ । यसको रेन्ज ३४५ र ४१० किलोमिटर दाबी गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा जीलीको ग्यालेक्सी ई–५ नामले बिक्री हुँदै आएको यस नयाँ कारमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ ।

यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन् । साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ ।

आगमी मार्च २१ मा औपचारिक लन्च पश्चात बिक्री सुरु हुने यस कारको मूल्य जगदम्बा मोटर्सले प्राइम भेरिएन्टको ५६ लाख ९९ हजार र प्रिमियम भेरिएन्टको ६७ लाख ९९ हजार निर्धारण गरेको छ । ग्राहकले आजकै दिनदेखी यसको बुकिङ समेत लिन सक्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

आयोनिक५ ले जित्यो जापानमा ‘इम्पोर्ट कार अफ दि इयर’ अवार्ड

आयोनिक५ ले जित्यो जापानमा ‘इम्पोर्ट कार अफ दि इयर’ अवार्ड

कोरियन अटो निर्माता हुन्डाईको इलेक्ट्रिक कार आयोनिक५ ले जापानमा...

२०० किलोमिटर रेन्ज दिने नयाँ सिटी कार आउँदै

२०० किलोमिटर रेन्ज दिने नयाँ सिटी कार आउँदै

भारतिय ईभी स्टार्टअप कम्पनी जेन्सोल इलेक्ट्रिक भेहिकलले आफ्नो आगामी...

सिप्रदी अब दुई पांग्रे सवारी बजारमा प्रवेश, नेपालकै बाइक निर्माता यात्रीसँग सहकार्य गर्ने

सिप्रदी अब दुई पांग्रे सवारी बजारमा प्रवेश, नेपालकै बाइक निर्माता यात्रीसँग सहकार्य गर्ने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनी अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...