प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

काठमाडौं - नेपालका लागि प्रोटोन गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासको तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ।

काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा तीन दिन अर्थात चैत ६, ७ र ८ गतेसम्म ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सिलेन्स’ योजना सार्वजनिक गरेको हो। ‘ट्रेड अप टुडे, ड्राइभ एक्सिलेन्सन्स टुमोरो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा ग्राहकहरूलाई जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने – यस कार्यक्रमले नेपालमा विद्युतीय गाडीको भविष्यलाई थप सुनिश्चित बनाउन नयाँ आयाम थप्ने विश्वास लिएका छौँ, यसका साथै प्रविधिमैत्री तथा स्वच्छ वातावरणका लागि हामी सधैँ प्रतिबद्ध छौँ।

कम्पनीका अनुसार प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ। आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइन सुविधासहितको यो गाडीको लम्बाइ ४६१५ एमएम रहेको छ।

कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले विशेष नगद लाभ, फाइनान्समा सहजता, एक वर्षको नि:शुल्क सडक दस्तुर र एक वर्षको बीमा जस्ता सुविधाहरू पाउन सक्नेछन्। कार्यक्रममा सहभागी हुने र गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्थासमेत कम्पनीले गरेको छ।

सम्बन्धित समाचारहरू

रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ वटा मात्र बन्ने, फिचर सुन्दा नै होस उड्ने

रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ वटा मात्र बन्ने, फिचर सुन्दा नै होस उड्ने

प्रिमियम लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले संसारकै सबैभन्दा महंगो...

सेवाग्राही र कर्मचारिका लागि ग्लोबल आइएमई बैंकको आफ्नै चार्जिङ स्टेशन

सेवाग्राही र कर्मचारिका लागि ग्लोबल आइएमई बैंकको आफ्नै चार्जिङ स्टेशन

काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर...

दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

दिपलको पर्फेक्ट एसयूभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...