प्रोटोन इमास ७ को पान नेपाल भ्रमण सुरु

काठमाडौं – नेपालको बहुप्रतीक्षित ईभी कार प्रोटोन इमास ७ को काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु भएको छ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो ।

यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्ने कम्पनीको भनाइ छ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ ।

प्रोटोन इमास ७ भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारी साधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ । यसले तराई, पहाडी सडकदेखि हिमाली क्षेत्रहरूसम्मका विविध भू–भाग र परिदृश्यहरू समेट्ने छ । भ्रमण बारे प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री भन्छन् – ‘प्रोटोन इमास ७ नेपालको अद्वितीय भू–भाग परीक्षण गर्न यो यात्रामा निस्कन पाउँदा गर्व गर्छ । यो भ्रमणले ग्राहकहरुसँगको सम्बन्ध बलियो बनाउन, सबै क्षेत्रका ग्राहकलाई प्रोटोन इमास ७ को बारेमा जानकारी दिन मद्दत गर्नेछ ।’

प्रोटोन इमास ७ को टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउछ भने यो कसरी नेपाली बजारको लागि ’गेम चेन्जर’ हँुदैछ भनेर देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटोन इमास ७ दुई भेरिएन्ट प्राइम र प्रिमियममा उपलब्ध हुनेछ ।

प्रोटोन इमास ७ को यस भ्रमणको बारेमा जानकारी लिन र भ्रमणको बारेमा अपडेट भइरहन सामाजिक सञ्जाल ह्यान्डलहरू फलो गर्न कम्पनीले अनुरोध गरेको छ । त्यसैगरी वेबसाइट मार्फत सवारी साधनहरूको बारेमा सम्पूर्ण जानकारी लिन सकिने समेत बताइएको छ ।

सम्बन्धित समाचारहरू

टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नबिल बैंक...

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणमा रहेको ग्रेटवाल मोटर्सको...

घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

काठमाडाैं – राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...