मोबिलिटी एक्सपोमा प्रोटोन ईमास ७, ३ लाख छुट सहितको विशेष अफर

काठमाडौं – प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ प्रविधियुक्त प्रोटोन ईमास ७ प्रदर्शन गरेको छ । सो अवसरमा कम्पनीले विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

यस वर्षको सुरुवातमा नेपाल भित्रिएको मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन ईमास ७ ले नेपाल निर्यात गरेर इतिहास रचेको थियो । यो मोडलले मलेसियामा आफ्नो सेगमेन्टमा नम्बर १ ईभीको स्थान हासिल गरिसकेको छ ।

अटोमोबाइल उद्योगमा १४ वर्षभन्दा बढीको अनुभव बटुलिसकेको कम्पनीको रुपमा परिचित जगदम्बा मोटर्सले सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । सन् २०२५ सकिँदासम्म देशभर १२ वटा शोरूम र सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना कम्पनीको भएको बताइएको छ । प्रोटोनका गाडी र सेवा नेपालभर सहज रूपमा उपलब्ध गराउन सकियोस् भन्ने भन्ने उद्देश्यका साथ कार्य गरिरहेको र हाल ३ वटा शोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको कम्पनीको भनाइ छ ।

शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्स क्रियाशील छ । शंकर ग्रुपमार्फत व्यापक ईभी इकोसिस्टम निर्माण गर्न विभिन्न पहलहरू गरिएको बताइएको छ । यस अनुसार प्रामाणिक स्पेयर पाट्र्स, आधुनिक डाइग्नोस्टिक उपकरणहरू, प्रोटोन र गिलीद्वारा प्रमाणित पूर्ण रूपमा तालिमप्राप्त प्राविधिकहरूको सेवा, सरल र सहज वारेन्टी दाबी प्रक्रिया र चार्जिङ स्टेसन निर्माण कार्य समेत भइरहेको छ ।

नाइमा मोबिलिटी एक्सपोमा कम्पनीले प्रारम्भिक रुपमा विशेष अफरको समेत घोषणा गरेको छ । यस अनुसार गाडी किन्ने ग्राहकका लागि जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षको लागि शून्य प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ, जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिन्छ ।

त्यसैगरी ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टी, २ लाख ९९ हजार सिधा नगद छुट र साथमा थप सुविधाहरू प्रदान गरिने छ । एक्सचेन्ज गर्न चाहनेका लागि एक्सचेन्जमा पुरानो गाडीको उत्कृष्ट मूल्यांकन गरिने र उच्चतम मूल्य सुनिश्चित हुनेछ भने निःशुल्क अटो प्लस बीमा र व्यापक कभरेज प्रदान गरिने छ ।

ईमास असिस्टेन्ट प्लस अन्तर्गत प्रिमियम रोडसाइड सहायता सेवा र तत्काल सहयोगका लागि विशेष ह्वाट्सएप ग्राहक सहायता च्याट समावेश हुनेछ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार प्रोटोन ईमास ७ को आगमन र कम्पनीको सेवा सञ्जालको विस्तारसँगै कम्पनी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छ ।

जगदम्बा मोटर्स प्रोटोन ईमास ७ जस्ता नवीन प्रविधियुक्त सवारीहरू नेपाली बजारमा ल्याउन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको बताइएको छ । यसले नेपालको दिगो मोबिलिटी यात्रामा महत्वपूर्ण योगदान पु¥याउने र प्रत्येक नेपाली ग्राहकलाई उत्कृष्ट गाडी स्वामित्व अनुभव सुनिश्चित गर्ने समेत कम्पनीको भनाइ छ ।

ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपोको स्टल एल ५– हल बी मा पुगेर प्रोटोन ईमास ७ को प्रत्यक्ष रूपमा अनुभव गर्न समेत जगदम्बा मोटर्सले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्ला

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्ला

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौँ – लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको...

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...