प्रोटोन ईमास ५ सार्वजनिक, दुई भेरिएन्टमा उपलब्ध गाडीको मूल्य र फिचर यस्तो

मलेसियाली कार निर्माता कम्पनी प्रोटोनले विद्युतीय कार ‘ईमास ५’ मलेसियाली बजारमा सार्वजनिक गरेको छ। यो मोडेल प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ । दुवै मोडलमा एउटै आधुनिक डिजाइन, फराकिलो इन्टेरियर र आधुनिक फिचर भए पनि पर्फर्मेन्स र रेन्जमा भने दुई भेरिएन्टमा केही फरक छ ।

प्रोटोन ईमास ५ ले आधुनिक र आकर्षक डिजाइनमा नयाँ पहिचान दिएको छ। यसमा सफा र सन्तुलित अनुपात सहित टेक–फोकस्ड डिजाइन ल्यांग्वेज अपनाइएको छ । एलईडी हेडलाइट, डुअल–टोन रूफ, र १६ इन्चका एरो–स्टाइल ह्विलहरूले यसलाई आधुनिक र सशक्त लुक प्रदान गर्छन्।

४,१३५ एमएम लम्बाई र २,६५० एमएम ह्विलबेस भएको यो मोडल शहरका लागि उपयुक्त आकारको छ भने इन्टेरियर समेत पर्याप्त फराकिलो छ र आरामदायी क्याबिन छ ।

प्राइम भेरिएन्टमा ५८ किलोवाट मोटर र ३०.१२ किलोवाट आवर क्याटल एलएफपी ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा २२५ किलोमिटर (डब्लुएलटीपी) सम्मको दूरी तय गर्न सक्छ। चार्जिङमा ६.६ किलोवाट एसी र ५३ किलोवाट डीसी सपोर्ट छ भने यो गाडीले ० देखि ५० किमी प्रतिघण्टाको गति ४.४ सेकेन्डमै लिन सक्छ । यसको मूल्य ५६ हजार ८ सय मलेसियन रिंगेट राखिएको छ ।

अझ शक्तिशाली र लामो दूरीका लागि यसको प्रिमियम भेरिएन्ट उपयुक्त छ । प्रिमियम भेरिएन्टमा ८५ किलोवाट मोटर र ४०.१६ किलोवाट आवर क्याटल एलएफपी ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा ३२५ किलोमिटर (डब्लुएलटीपी) सम्मको दूरी तय गर्न सक्छ। यो गाडीले ० देखि ५० किमी प्रतिघण्टाको गति ३.९ सेकेन्डमै लिन सक्छ । यसको मूल्य ६९ हजार ८ सय मलेसियन रिंगेट राखिएको छ । चार्जिङका लागि यो भेरियन्टले ७१ किलोवाट डीसी चार्जिङ सपोर्ट गर्छ, जसले लामो दूरीका यात्रामा थप सहजता प्रदान गर्छ।

लक्जरी भेरिएन्टमा थप सुविधाको रुपमा पावर टेलगेट, विशेष टु–टोन कलर, र फरक प्रकारको इन्टेरियर कलर जस्ता प्रिमियम टचहरू समावेश गरिएको छ।

दुवै भेरिएन्टमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको १४.६ इन्चको एटलस ओएस इन्फोटेन्मेन्ट सिस्टम, फुल एडास, ६ एयरब्याग र ६ वर्षको भेइकल वारेन्टी र ८ वर्षको ब्याट्री वारेन्टी लगायतका फिचर उपलब्ध छन् ।

प्राइम भेरिएन्ट पहिलो पटक ईभी किन्न चाहनेका लागि सुलभ र व्यावहारिक विकल्प हो भने, प्रिमियम भेरिएन्ट अतिरिक्त शक्ति, रेन्ज र लक्जरी चाहनेका लागि उपयुक्त छ।

नेपाली बजारमा जगदम्बा मोटर्सले प्रोटोनका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । केही समय यता नेपाली बजारमा प्रोटोन ईमास ७ ईभी उपलब्ध छ । भविष्यमा यो नयाँ गाडी प्रोटोन ईमास ५ पनि नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

जापानी कम्पनी इकोमाले एकदमै फरक र चकित पार्ने इलेक्ट्रिक बाइक लन्च गरेको...

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

काठमाडौं – चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra...

हाइग्राउन्ड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

हाइग्राउन्ड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

पोखरा – सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...