बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – जगदम्बा मोटर्सले चर्चित मलेसियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको ‘प्रोटोन सागा’ गाडी भर्चुअल लाइभमार्फत आज सार्वजनिक गरेको छ । प्रोटोन नेपालको आधिकारिक फेसबुक र युट्युब पेज, केही अनलाइन पोर्टल्स लगायत अन्य बिभिन्न सामाजिक सञ्जालका चर्चित पेजहरुमार्फत सो लाइभ कार्यक्रम सम्पन्न गरिएको थियो ।
यससँगै चार पांग्रे सवारी साधनको बजारमा जगदम्बा मोटर्सले एउटा नयाँ फरक र सुविधा सम्पन्न विकल्प प्रस्तुत गरेको छ।
समारोहको उद्घाटन गर्ने क्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले जगदम्बा मोटर्स पहिले देखि नै टीभीएसका दुई चक्के र तीन चक्के सवारी साधनमार्फत नेपाली बजारमा उपस्थित भइरहेकोमा अब चार चक्के कोशेली समेत प्रस्तुत गरेको बताए ।
नयाँ तथा लेटेस्ट मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्स र मज्जाको ड्राइभिङ्ग कम्फर्टको सुविधा भएको प्रोटोन सागाले अवश्य पनि नेपाली ४ चक्के अटोमोबाइल प्रेमीको बढ्दो चाहनाको पूर्ति गर्न सफल रहने कुरामा आफूहरु आशावादी भएको उनले बताए ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले मलेसियाली चर्चित अटोमोबाइल कम्पनी प्रोटोन, निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको बताउँदै नेपाली बजारमा चार चक्के सवारी साधनको रुपमा गुणस्तरीय ब्रान्ड भित्र्याएको र अन्य ब्रान्ड जस्तै यसलाई पनि ग्राहकले रुचाउने विश्वास गरे ।
प्रोटोन सागा प्रोटोनको गौरवमयी इतिहासकै प्रथम गाडी रहेको छ, जुन १९८५ मा प्रथम पटक सावर्जनिक गरिएको थियो। विस्तारै समयसँगै यसका नयाँ मोडलहरु निस्कँदै गए र सागाको नेपाली बजारमा प्रवेश गरेको एडिसन पछिल्लो मोडलको रहेको छ।
यस गाडीमा १.३ लिटरको भिभिटि इन्जिन समाहित गरिएको छ, जसले अधिकतम क्षमताका साथ आनन्दको राइडको मज्जा दिलाउँदछ । यसमा एलिगेन्ट रिअर स्पोइलर, नयाँ १५ इन्चको अलोय व्हिल डिजाइन, रिमोट ट्रंक रिलिज, इन्फिनिट वेभ फ्रन्ट ग्रिल, एलइडि डे टाइम रनिङल्याम्प, र स्टाइलिस रियर बम्पर जस्ता आकर्षक एक्सटेरियर फिचर्स रहेका छन् ।
यसैगरी यसमा स्टाइलिस सेन्टर प्यानल, स्मार्टफोन कन्नेक्टिभिटी, थ्री युएसबी पोर्ट्स, मिटर कम्बिनेसन विथ मल्टि इन्फर्मेसन डिस्प्ले, बेन्च टाइप रियर फोल्ड र स्ट्ेयरिङ टिल्ट एड्जस्टमेन्ट जस्ता सुविधा सम्पन्न इन्टेरियर रहेका छन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई एक आरामदायी र सुबिधा सम्पन्न यात्रा गराउने कम्पनीको भनाइ छ ।
यात्रुको सुरक्षाका निम्ति यसमा हिल होल्ड एसिस्ट, रियर पार्किङ्ग सेन्सर, रिभर्स क्यामेरा, एबिएस विथ इबिडि, ब्रेक एसिस्ट, र इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल जस्ता फिचर छन् ।
काठमाडौं नक्सालस्थित रहेको शोरुमबाट अनावरण गरिएको प्रोटोन सागा केही समयपछि देशका बिभिन्न प्रमुख शहरहरुमा नयाँ डिलरहरुको स्थापनासँगै उपलब्ध गराइने जगदम्बा मोटर्सले बताएको छ ।
हाल दुई मोडल स्ट्यान्डर्ड म्यानुअल ट्रान्समिसन र प्रिमियम अटोमेटिक नेपाली बजारमा भित्रिएका छन् । यी गाडीको मूल्य क्रमशः ३५ लाख ५० हजार र ३९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...