चार जीवनशैली र एउटै गाडी, सार्वजनिक भयो प्रोटोन ई.मास ५ को नयाँ टीभीसी

काठमाडौँ—प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्राएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन ई.मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक नयाँ टीभीसी फिल्म सार्वजनिक गरेको छ ।

यस ब्रान्ड अभियानले ‘रिडिफाइन योर एभ्रिडे’ को अवधारणालाई स्थापित गर्न काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरूलाई एउटै सूत्रमा प्रस्तुत गरेको छ ।

आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका एक युवा उद्यमी, सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस योजनाविना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारका यी कथाहरूले आधुनिक सहरी जीवनका विविध वास्तविकता तथा आयामहरूलाई उजागर गर्ने कम्पनीले जनाएको छ । केवल प्रविधिलाई मात्र कथाको केन्द्रमा राख्नुको सट्टा यस अभियानले ई.मास ५ को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले कसरी दैनिक अनुभवहरूलाई पुनःपरिभाषित गर्छन् भन्ने कुरा देखाएको छ ।

दैनिक जीवनलाई नयाँ रूप दिनु वा अर्थपूर्ण बनाउनु भनेको सधैँ ठूलो वा विशेष परिवर्तन ल्याउनु मात्र होइन, हामीले बाँचिरहेका पलहरूलाई अलिकति बढी सहज र सुन्दर बनाउनु हो भन्ने मूल मर्म यस कथाले बोकेको छ ।

प्रोटोन ई.मास ५ ले हालसालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकहरूबाट उच्चतम चासो तथा बुकिङ हासिल गरेको थियो । प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध यस गाडीमा रियर–ह्विल ड्राइभ, जि–ट्रयाक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडि टचस्क्रिन र भेहिकल–टु–लोड प्रविधि जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन् ।

चारै कथाहरूको अंश समेटिएको मुख्य टिभिसि फिल्म सार्वजनिक भएसँगै आउँदा हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालका आधिकारिक डिजिटल प्लेटफर्महरू मार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...