युरोपेली कारका तुलनामा चिनियाँ कारमा टचस्क्रिनको बढी प्रयोगले चालकको ध्यान भंग हुने जोखिम
चिनियाँ ब्रान्डका कारमा अत्यधिक टचस्क्रिनको प्रयोगले चालकको ध्यान भंग...
काठमाडौँ—प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्राएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन ई.मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक नयाँ टीभीसी फिल्म सार्वजनिक गरेको छ ।
यस ब्रान्ड अभियानले ‘रिडिफाइन योर एभ्रिडे’ को अवधारणालाई स्थापित गर्न काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरूलाई एउटै सूत्रमा प्रस्तुत गरेको छ ।
आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका एक युवा उद्यमी, सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस योजनाविना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारका यी कथाहरूले आधुनिक सहरी जीवनका विविध वास्तविकता तथा आयामहरूलाई उजागर गर्ने कम्पनीले जनाएको छ । केवल प्रविधिलाई मात्र कथाको केन्द्रमा राख्नुको सट्टा यस अभियानले ई.मास ५ को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले कसरी दैनिक अनुभवहरूलाई पुनःपरिभाषित गर्छन् भन्ने कुरा देखाएको छ ।
दैनिक जीवनलाई नयाँ रूप दिनु वा अर्थपूर्ण बनाउनु भनेको सधैँ ठूलो वा विशेष परिवर्तन ल्याउनु मात्र होइन, हामीले बाँचिरहेका पलहरूलाई अलिकति बढी सहज र सुन्दर बनाउनु हो भन्ने मूल मर्म यस कथाले बोकेको छ ।
प्रोटोन ई.मास ५ ले हालसालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकहरूबाट उच्चतम चासो तथा बुकिङ हासिल गरेको थियो । प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध यस गाडीमा रियर–ह्विल ड्राइभ, जि–ट्रयाक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडि टचस्क्रिन र भेहिकल–टु–लोड प्रविधि जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन् ।
चारै कथाहरूको अंश समेटिएको मुख्य टिभिसि फिल्म सार्वजनिक भएसँगै आउँदा हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालका आधिकारिक डिजिटल प्लेटफर्महरू मार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...