बीवाईडीले एउटा कारमा १२५० डलर नाफा राख्दा टेस्लाको ८२५० डलर

बीवाइडीले एकदमै कम नाफा राखेर कार बिक्री गर्ने गरेको पाइएको छ । एक तथ्यांक अनुसार सन् २०२३ मा बीवाइडीले एउटा कारमा सरदर १२५० डलर नाफा राख्दा उसको प्रतिस्पर्धी टेस्लाले भने प्रति कार ८२५० डलर नाफा राखेर बिक्री गर्ने गरेको पाइएको हो ।

नाफामा देखिएको यति ठूलो अन्तरले बीवाइडी तत्कालै नाफा आर्जन गर्नभन्दा पनि आफ्नो बजार हिस्सालाई थप मजवुत बनाउने केन्द्रित भएको देखाउँछ । सन् २०२३ मा टेस्लाले १८ लाख कार बिक्री गरेर १४.९ विलियन डलर नाफा आर्जन गरेको थियो ।

उक्त वर्ष बीवाइडीले चीनमा २७ लाख बढी न्यू इनर्जी भेइकल बिक्री गर्दा टेस्लाको बिक्री ६ लाख हाराहारी मात्रै थियो । सन् २०२१ अघिसम्म प्रति कार बिक्रीमा नोक्सान बेहोर्दै आएको बीवाइडीले त्यसयता भने आफ्नो संचिती नाफालाई ८ गुणासम्म बृद्धि गरेको जनाइएको छ ।

बीवाइडी कारको बिक्रीमा उछाल आएसंगै कम्पनीले हरेक कारको बिक्रीबाट आर्जन हुने नाफामा समेत बृद्धि गर्दै लगेको छ । सन् २०२२ मा कम्पनीले एक यूनिट कारमा ७५० डलर नाफा आर्जन गरेको थियो ।

सम्बन्धित समाचारहरू

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा बीवाईडीको साथ, १३० वटा न्यू इनर्जी भेइकल प्रदान

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा बीवाईडीको साथ, १३० वटा न्यू इनर्जी भेइकल प्रदान

काठमाडौं– विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीले ब्राजिलमा भएको...

जापानी बजारमा बीवाईडीको नयाँ सानो इलेक्ट्रिक कार र्याक्को लन्च हुँदै

जापानी बजारमा बीवाईडीको नयाँ सानो इलेक्ट्रिक कार र्याक्को लन्च हुँदै

बीवाईडीले जापानको साना तथा साँघुरा सडकलाई लक्षित गर्दै नयाँ सानो...

सन् २०२३ मा बीवाईडीको बजारमा तीव्रता, नेपालमा उस्तै क्रेज

सन् २०२३ मा बीवाईडीको बजारमा तीव्रता, नेपालमा उस्तै क्रेज

विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीले सन् २०२३ मा तीव्र रुपमा बजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...