दसैंका लागि जिपको लिजेन्ड्री अफर : ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट
काठमाडौं – नेपालमा जिपको आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले यो वर्षको...
स्कोडा कुशाक भारतको पुणेस्थित चाकन प्लान्टमा उत्पादन शुरु भएको छ । कम्पनीले भारतमा यो कार जुलाई महिनामा डेलिभरी गर्ने जनाएको छ । नेपाली बजारमा पनि त्यही समयमै यो कार ल्याउने तयारी भइरहेको बताइएको छ । अब यही महिनाको कुनै पनि दिनमा यो गाडी भारतमा लन्च हुनेछ ।
स्कोडा कुशाकले हाल बजारमा प्रचलित हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ । कुशाक संस्कृत शब्द हो र यसको अर्थ राजा वा सम्राट हुन्छ । एसयूभी सेगमेन्टमा के कुशाक राजा वा सम्राट नै बन्ला त ? त्यो भने भविष्यले नै देखाउने छ । यद्यपि धेरैले त्यस्तो बन्न सक्ने सम्भावना ब्यक्त गरेका छन् ।
स्कोडा कुशाक एसयूभी एमक्यूबी–एओ–इन प्लेटफर्ममा आधारित छ । भारत २.० प्रोजेक्टको एक हिस्साको रुपमा यो कम्पनीको पहिलो प्रस्तुति हुनेछ । कम्पनीको प्लेटफर्मका साथै स्थानीय इन्जिनियरको विशेषज्ञता समेत यसमा समाहित गरिएको छ । यसले गर्दा स्कोडा कुशाकबाट कम्पनी धेरै आशावादी भएको बताइन्छ ।
भारतीय बजारमा स्कोड कुशाक दुई पेट्रोल इन्जिनको साथमा लन्च गरिनेछ । यसमा १.० लिटर, ३ सिलिन्डर टीएसआई इन्जिन समावेश गरिएको छ । जसले ११३ बीएचपीको पावर जेनेरेट गर्छ । यसमा ६ स्पिड एएमटीको विकल्प रहेको छ । अर्काे १.५ लिटर, ४ सिलिन्डर टीएसआई इन्जिन समावेश रहेको छ । जसले १४७ बीएचपीको पावर जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड डीएसजीको विकल्प रहेको छ । सो दुबै इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश गरिएको छ ।
काठमाडौं – नेपालमा जिपको आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले यो वर्षको...
मदिरा सेवन गरी सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख कारण हो । जसका कारण...
काठमाडौं – पछिल्लो समयमा नेपाली बजारमा समेत उपलब्ध फोटोन टुनल्यान्डको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...