कसरी लिने सवारी साधनमा असोज १ देखि अनिवार्य बन्दै गरेको इम्बोस्ड नम्बर ? (पुरा प्रक्रिया)

सरकारले आगामी असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले हालै एक सूचना प्रकाशित गरी यसको जानकारी समेत दिएको छ ।

तपाईंको सवारी साधनमा पनि इम्बोस्ड नम्बर छैन भने अब लिनु अनिवार्य छ । २०७९ साल असोज २० गते मन्त्रीस्तरीय समितिको निर्णयअनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले यो व्यवस्था लागू गर्ने भएका हुन् । यस अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ ।

यसका लागि के कस्तो प्रक्रिया अपनाउनु पर्छ भन्ने वारेमा जानकारी लिनु उपयोगी हुन सक्छ । यही कुरालाई मनन गरी यसको प्रक्रिया वारेमा जानकारी दिइएको छ ।

● सबैभन्दा पहिले यातायात व्यवस्था विभागको वेबसाइट अन्तर्गत hsenp.dotm.gov.np मा गएर अनलाइन फारम भर्ने ।

● त्यसपछि तोकिएको यातायात कार्यालयमा गएर तोकिए अनुसारको दस्तुर बुझाउने ।

● अनलाइन फारमसँगै निम्न कागजातहरु सम्बन्धित यातायात कार्यालयमा बुझाउने :
क. फोटोसहितको अनलाइन फारम । (सवारी धनी व्यक्ति भएमा मात्र) ।
ख. छापसहितको अनलाइन फारम । (सवारी धनी कार्यालय वा कम्पनीको भएमा)।
ग. सवारी साधन सरकारी नाममा भए कार्यालयको छाप सहितको पत्र ।
घ. सवारी साधन सरकारी नाममा भए कार्यलयको छाप सहितको पत्र ।

ङ. राजस्व बुझाएको रसिद ।
१. दुईपांग्रे सवारीका लागि २ हजार ५ सय रुपैयाँ ।

२. तीनपांग्रे सवारीका लागि २ हजार ९ सय रुपैयाँ ।

३. साना तथा मझौला चारपांग्रे सवारीका लागि ३ हजार २ सय रुपैयाँ ।

४. ठुला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ ।

● नागरिकताको प्रतिलिपि । (सवारी धनी व्यक्ति भएमा मात्र)

● कम्पनी दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा प्यान भ्याटको पत्र ( सवारीसाधन कम्पनीको नाममा भएमा मात्र)

● बैंकिङ प्रक्रियाबाट खरिद भएको सवारीको हकमा सम्बन्धित बैंकको सहमति पत्र ।

● सवारी धनी र सवारीदर्ता सम्बन्धी विवरण भएको ब्लु बुकको प्रतिलिपि ।

● चालु आर्थिक वर्षको सवारीकर चुक्ता भएको प्रमाणित गर्ने कागजात ।

● सवारी साधनको सक्कल दर्ता प्रमाणपत्र (ब्लु बुक) को कपि ।

● सबै कागज पत्र तयारी गरी कार्यलयमा रुजु गराउने, बायोमेट्रिकको लागि एसएमएस मार्फत जानकारी गराइनेछ ।

● तोकिएको समयमा बायोमेट्रिकका साथै सवारीमा नम्बर प्लेट जडानको लागि तोकिएको यातायात कार्यालय जानु पर्नेछ ।

● सबै प्रक्रिया पुरा भएपछि इम्बोस्ड नम्बर ब्लु बुकमा लेखाउनु पर्नेछ ।

सम्बन्धित समाचारहरू

दशैंमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिने

दशैंमा नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड...

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

भारतमा फेब्रुअरी १६, २०२६ देखि एआई प्रभाव शिखर सम्मेलन २०२६ औपचारिक रूपमा...

सडकका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

सडकका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...