प्राइम एसोसिएट्स बन्यो विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरणको आधिकारिक वितरक

काठमाडौं – विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन इक्विपमेन्टको निरन्तर बिक्री–वितरण गर्दै आएको प्राइम एसोसिएट्स विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन हुने जोन डियरे ग्रुप अन्तर्गत विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारहरुको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच विटगन ग्रुपका एमडी, सीईओ रमेश पलागिरीले प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यलाई आधिकारिक वितरकको प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा कस्टमर मिट समेत आयोजना गरियो । नयाँ ग्राहकलाई ती उपकरणको चाबी समेत हस्तान्तरण गरियो ।

सो अवसरमा एमडी, सीईओ रमेश पलागिरीले विश्वमै उत्कृष्ट निर्माण उपकरण मानिने विटगन ग्रुप अन्तर्गतका इक्विपमेन्ट नेपाली बजारमा धेरै ग्राहकले रुचाइरहेको र आगामी दिनमा यसको प्रयोग अझै बढ्ने अपेक्षा गरे ।

प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यले लामो समय देखि यही क्षेत्रमा क्रियाशील भएको र हाल नयाँ ब्रान्डमार्फत नेपाली ग्राहकलाई थप गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।

प्राइम एसोसिएट्सले विगत १८ वर्ष देखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट सम्बन्धी कारोबार गर्दै आएको छ । यस अनुसार सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर्स, ब्रुमर, स्टोन क्रसर लगायतको कारोबार गर्दै आएको प्राइम एसोसिएट्सले कंक्रिटिङका लागि चाहिने सेल्फ लोडिङ मिक्सचर समेत उपलब्ध गराइरहेको छ ।

हाल विश्वका विभिन्न देशमा विटगन कम्पनीका उत्कृष्ट तथा विश्वसनीय उत्पादन सडक निर्माण तथा पुनस्र्थापना कार्यका लागि बिक्री–वितरण भइरहेका छन् । विटगन ग्रुपबाट उत्पादित विटगन, भोग्ले, ह्याम र क्लिम्यान लगायतका विभिन्न ब्रान्डका उपकरणहरू नेपालका सड़क तथा विभिन्न परियोजना लगायत सम्पूर्ण आधारभूत संरचना निर्माणका लागि गुणस्तरयुक्त मेसिन÷औजार भएको बताइएको छ ।

१०० वर्ष भन्दा लामो इतिहास भएको विटगन ग्रुप सन् १९९५ मा भारतको पुनेमा स्थापित एक अन्तर्राष्ट्रिय रुपमा सक्रिय बहुराष्ट्रिय निर्माण उपकरण निर्माता कम्पनी हो । यो समूह सडक निर्माण उद्योगमा गुणस्तरीय र नवीनतम प्रविधिको मेसिनरी प्रदान गर्ने एक महत्वपूर्ण र भरपर्दो साझेदारका रुपमा परिचित छ ।

नेपालको सडक निर्माणमा विश्वसनियता प्राप्त गरेका ह्यामका डबल ड्रम रोलर र स्वायल कम्प्याक्टर, भोग्लेका सडक पेभिङ गर्ने मेसिनका साथै विटगन ब्रान्डको मिलिङ मेसिन र सर्फेस माइनर जस्ता उपकरण उपलब्ध छन् । क्लिम्यानका उत्पादनहरु ढुंगा क्रसिङ गर्न तथा खानी संचालन गर्न, खानीमा खनिएका ढुंगा तथा खनिजहरुलाई सानो बनाउन प्रयोग गरिन्छ ।

यसै बिच ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी लन्च गरिएको छ । ह्याम ब्रान्ड सडक निर्माणको क्रममा प्रयोग हुने रोलर र स्वाइल कम्प्याक्टरको विशेषज्ञ नै मानिन्छ । विभिन्न भेरिएन्टमा उपलब्ध हुने सो मिनी रोलरमा दुई भाइब्रेटिङ रोलर ड्रम उपलब्ध छन् । सो रोलरमा बेस्ट इन क्लास पावर र इको–फ्रेन्ड्ली इन्जिन टेक्नोलोजी छ । वजनलाई चारैतिर बराबर फैलाउन र अन–सेन्टर फिल गराउनका लागि थ्री–पोइन्ट आर्टिक्युलेसन उपलब्ध छ । इर्गोनोमिक ड्राइभर प्लेटफर्म, मेसिन र कन्स्ट्रक्सन साइटको उत्कृष्ट भ्यु तथा इन्टेलिजेन्ट वाटर स्प्रिङक्लर सिस्टम जस्ता विशेषता यसमा रहेका छन् ।

नेपालमा विटगनका उत्पादनहरु धेरै निर्माण कार्यमा सफलतापूर्वक प्रयोग भइरहेका छन् । देशभर यसको सर्भिस नेटवर्क उपलब्ध छ । दक्ष प्राविधिकमार्फत बिक्री पछिको सेवा तथा आवश्यक स्पेयर पार्ट्स समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

कार चोरीबाट जोगाउने स्मार्ट उपाय: इन्जिन लकिङ सिस्टम, कसरी काम गर्छ?

कार चोरीबाट जोगाउने स्मार्ट उपाय: इन्जिन लकिङ सिस्टम, कसरी काम गर्छ?

आजको आधुनिक युगमा कार केवल यात्रा गर्ने माध्यम होइन, यो मानिसको आवश्यकता,...

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...

भेइकल फिटनेस टेष्ट सेन्टर : कार्यालय छ, काम छैन

भेइकल फिटनेस टेष्ट सेन्टर : कार्यालय छ, काम छैन

काठमाडौं – काठमाडौंको टेकुमा अवस्थित भेइकल फिटनेस टेष्ट सेन्टर ९ वर्ष अघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...