२२० सीसीको एकमात्र क्रुजर बाइक बजाज एभेन्जर, यस्तो छ मूल्य, पावर र फिचर

क्रुजर बाइकको प्रमुख विशेषता भनेकै आरामदायी यात्रा हो । सिट हाइट कम हुने कारण होँचो कदका राइडरले समेत यस्ता बाइकलाई सहजै गुडाउन सक्छन् । अर्कोतर्फ यस्ता बाइक पावर र पर्फमेन्सको मामलामा समेत निकै शक्तिशाली मानिन्छन् । आरामदायी यात्राका लागि सहज होस् भनेर यी बाइकको सिट पोजिसन विशेष तवरबाट मिलाइएको हुन्छ ।

नेपाली बजारमा अहिले विभिन्नि ब्रान्डका क्रुजर बाइक उपलब्ध छन् । यीमध्ये अधिकांश ब्रान्डका यस्ता बाइक ३०० सीसी भन्दा बढी क्षमतामा उपलब्ध रहेपनि बजाजले भने २२० सीसीमै एभेन्जरलाई उपलब्ध गराइरहेको छ ।

कम मूल्यमा क्रुजर बाइकको मज्जा लिन चाहने राइडरको रुचिमा पर्दै आएको एभेन्जर २२० लाई आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विगत लामो समयदेखि बिक्री गर्दै आइरहेको छ । एभेन्जर २२० सीसी सेग्मेन्टमा उपलब्ध नेपालको एकमात्र क्रुजर बाइक पनि हो । यो बाइकको मूल्य ४ लाख ५ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

एभेन्जर २२० मा २२० सीसी क्षमताको सिंगल सिलिन्डर, आयल कुल्ड, डीटीएसआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १९.०३ पीएस र टर्क १७.५ एनएम छ । १३ लिटर क्षमताको फ्युल ट्यांक दिइएको यो बाइकमा ५ स्पिड गियरवक्स जडान गरिएको छ । ११८ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिने एभेन्जरले प्रति लिटर पेट्रोलको खपतमा ४० किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

मूल्यमा प्रतिस्पर्धा गर्न सहज होस् भनेर हुनसक्छ, बजाजले यसको लाइटिङ र ब्रेकिङ सिस्टममा भने पुरानै प्रविधि दिएको छ । प्रायः मोटरसाइकलमा अहिले एलईडी लाइट र एबीएस उपलब्ध रहँदै आएपनि एभेन्जर २२० मा भने हेलोजन हेडल्याम्प र टेलल्याम्प पाउन सकिन्छ । यसैगरी यसको अगाडि चक्कामा मात्र डिस्क व्रेक दिइएको छ भने पछाडि ड्रम व्रेक छ । यसमा एबीएस समेत पाउन सकिँदैन ।

एभेन्जर २२० मा बजाजले ठूलो साइजको विन्डशिल्ड दिएको छ । यसमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पाउन सकिन्छ । बाइकको अगाडि एन्टि फ्रिक्सन वुस सहितको टेलिस्कोपिक सस्पेन्सन जडान गरिएको छ भने पछाडि ट्वन सक एव्जर्वर दिइएको छ । यसको सिट हाइट जम्मा ७३७ एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स १६९ एमएम छ ।

सम्बन्धित समाचारहरू

बजाज ‘ग्राण्ड कार्निभल’को आज तेस्रो दिन, क्यारिवियन ब्लु कलरमा आयो पल्सन एन १६०

बजाज ‘ग्राण्ड कार्निभल’को आज तेस्रो दिन, क्यारिवियन ब्लु कलरमा आयो पल्सन एन १६०

काठमाडौं– बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड...

बजाजका यी बाइक छन् एबीएस र नन एबीएसमा, मूल्यमा यति धेरै अन्तर

बजाजका यी बाइक छन् एबीएस र नन एबीएसमा, मूल्यमा यति धेरै अन्तर

बजाज नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड हो । युवा...

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाज मोटरसाइकल ग्राहक माझ धेरै लोकप्रिय छ । अब बजाजले १२५ सीसी लाइनअप पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...