बेनेलीका बाइकको बढ्यो मूल्य, एउटै बाइकमा १ लाख १५ हजार सम्म मूल्य वृद्धि (सूची सहित)

काठमाडौं – नेपाली बजारमा उपलब्ध बेनेलीका विभिन्न मोडलका बाइकको मूल्य वृद्धि भएको छ । नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा बढी बेनेली ३०२एस र ३०२एस (नियोन) को मूल्य बढेको छ ।

यी दुई मोटरसाइकलको मूल्य एकै पटक १ लाख १४ हजार ९ सय रुपैयाँले बढेको हो । ३०२एस को मूल्य पहिले ९ लाख ३५ हजार भएकोमा अब १० लाख ४९ हजार ९ सय पुगेको छ भने ३०२एस (नियोन) को मूल्य पहिले ९ लाख ६० हजार भएकोमा ब १० लाख ७४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी बेनेली टीएनटी १५० आईको मूल्यमा ३४ हजार ७३० रुपैयाँ बढेको छ । पहिले यो मोटरसाइकलको मूल्य ३ लाख ४३ हजार १७० भएकोमा अब ३ लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बेनेली १८०एस र १८०एस (नियोन) को मूल्यमा १९ हजार ९ सय रुपैयाँ बढेको छ । यी दुई मोटरसाइकलको मूल्य अब क्रमशः ४ लाख ४९ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम मूल्य टीएनटी १५ मा बढेको छ । यसको मूल्य पहिले २ लाख ४७ हजार ५ सय भएकोमा ७ हजार ४ सय रुपैयाँ बढेर अब २ लाख ५४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बेनेली ग्रुपले नै उपलब्ध गराइरहेको किवी ब्रान्डका मोटरसाइकल र बेनेलीकै अन्य मोडलका मोटरसाइकलको मूल्य भने यथावत छ ।

बेनेली चीनमा उत्पादन हुने इटालियन ब्रान्ड हो । विश्वमै अभाव झेलिरहेको सेमी कन्डक्टरलगायतका विभिन्न चिप र इलेक्ट्रिकलको प्रभाव यसमा पनि परेको र कन्टेनरको मूल्य समेत बढेकाले यसको प्रभाव नेपालमा समेत परेको कम्पनी स्रोतले बताएको छ ।

सम्बन्धित समाचारहरू

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...

बेनेलीका मोटरसाइकलमा ६० हजार सम्म छुट

बेनेलीका मोटरसाइकलमा ६० हजार सम्म छुट

काठमाडौं– नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम...

बेनेली प्यानेरिया स्कुटरमा ५० हजार छुट

बेनेली प्यानेरिया स्कुटरमा ५० हजार छुट

काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा इटालियन ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...