मारुती सुजुकीले पनि बढायो भारतमा कारको मूल्य, वागन आरमा ३० हजार भारुले बृद्धि

मारुती सुजुकीले भारतमा आफ्ना अधिकांश कारको मूल्य बृद्धि गरेको छ । सबैभन्दा बढी वागन आर मा ३० हजार भारुले बृद्धि गरिएको छ भने सबैभन्दा कम डिजायरमा १० हजार भारुले बृद्धि भएको छ । अघिल्लो बर्ष भारतमै सर्बाधिक बिक्री हुने करको पहिलो सूचीमा उक्लिएको वागन आरको माग उच्च देखिएका कारण यसमा सबैभन्दा बढी मूल्य बढाइएको हो ।

भारतको सबैभन्दा ठूलो र सर्बाधिक बिक्री हुने कार ब्रान्ड सुजुकीले उत्पादन लागत बढेका कारण मूल्य बृद्धि गर्नुपरेको बताएको छ । यो आर्थिक बर्षमा उसले चौथोपटक मूल्य बृद्धि गरेको हो ।

कम्पनीले अल्टो ८०० र एस प्रेसोमा १२ हजार ५ सय, सेलेरियोमा १६ हजार, इग्निस, सियाज र स्विफ्टमा १५ हजार, बोलेनोमा २१ हजार र भिटरा ब्रेजामा १४ हजार भारु बृद्धि गरेको छ । भारतमा मूल्य बढेसंगै नेपालमा समेत यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । नेपाली बजारमा यसको एउटै कारमा ५० हजारदेखी १ लाख ५० हजार रुपैयाँसम्मले मूल्य बृद्धि हुने अनुमान गर्न सकिन्छ ।

मारुती सुजुकी अघि टोयोटा, फक्सवागन, हुन्डाई, महिन्द्रा, स्कोडा, एमजी र इसुजु लगायत ब्रान्डले आफ्ना कारको मूल्य बृद्धि गरिसकेको छ । अन्य ब्रान्डले समेत केहि दिनभित्रै मूल्य बढाउने तयारी गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ मारुती सुजुकीले लन्च गर्न लागेको नयाँ फ्रंक्स क्रसओभर

यस्तो छ मारुती सुजुकीले लन्च गर्न लागेको नयाँ फ्रंक्स क्रसओभर

अटो एक्सपो २०२३ मा, मारुती सुजुकीले फ्रंक्स क्रसओभर सार्वजनिक गरेको थियो ।...

अब नेपालमा सुजुकीको पहिलो ईभी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य समेत सार्वजनिक

अब नेपालमा सुजुकीको पहिलो ईभी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य समेत सार्वजनिक

काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले...

आयो अल्टोको नयाँ भेरिएन्ट टुर एच१, माइलेज नै २४.६० किमी

आयो अल्टोको नयाँ भेरिएन्ट टुर एच१, माइलेज नै २४.६० किमी

मारुती सुजुकीले अल्टोको टुर एच१ भेरिएन्ट लन्च गरेको छ । यो कार मारुती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...