मारुती सुजुकीले पनि बढायो भारतमा कारको मूल्य, वागन आरमा ३० हजार भारुले बृद्धि

मारुती सुजुकीले भारतमा आफ्ना अधिकांश कारको मूल्य बृद्धि गरेको छ । सबैभन्दा बढी वागन आर मा ३० हजार भारुले बृद्धि गरिएको छ भने सबैभन्दा कम डिजायरमा १० हजार भारुले बृद्धि भएको छ । अघिल्लो बर्ष भारतमै सर्बाधिक बिक्री हुने करको पहिलो सूचीमा उक्लिएको वागन आरको माग उच्च देखिएका कारण यसमा सबैभन्दा बढी मूल्य बढाइएको हो ।

भारतको सबैभन्दा ठूलो र सर्बाधिक बिक्री हुने कार ब्रान्ड सुजुकीले उत्पादन लागत बढेका कारण मूल्य बृद्धि गर्नुपरेको बताएको छ । यो आर्थिक बर्षमा उसले चौथोपटक मूल्य बृद्धि गरेको हो ।

कम्पनीले अल्टो ८०० र एस प्रेसोमा १२ हजार ५ सय, सेलेरियोमा १६ हजार, इग्निस, सियाज र स्विफ्टमा १५ हजार, बोलेनोमा २१ हजार र भिटरा ब्रेजामा १४ हजार भारु बृद्धि गरेको छ । भारतमा मूल्य बढेसंगै नेपालमा समेत यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । नेपाली बजारमा यसको एउटै कारमा ५० हजारदेखी १ लाख ५० हजार रुपैयाँसम्मले मूल्य बृद्धि हुने अनुमान गर्न सकिन्छ ।

मारुती सुजुकी अघि टोयोटा, फक्सवागन, हुन्डाई, महिन्द्रा, स्कोडा, एमजी र इसुजु लगायत ब्रान्डले आफ्ना कारको मूल्य बृद्धि गरिसकेको छ । अन्य ब्रान्डले समेत केहि दिनभित्रै मूल्य बढाउने तयारी गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी कार हात पार्न भारतमा ४ लाख ग्राहक प्रतिक्षारत्

सुजुकी कार हात पार्न भारतमा ४ लाख ग्राहक प्रतिक्षारत्

भारतमा मारुती सुजुकी कार हात पार्न ४ लाख हाराहारी ग्राहक पतिक्षारत रहेको...

नेपाली शोरुममा सजियो माइल्ड हाइब्रिड प्रविधियुक्त सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता

नेपाली शोरुममा सजियो माइल्ड हाइब्रिड प्रविधियुक्त सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...

सुजुकी एभेनिस अब नेपालमा : यस्ता छन् प्रतिस्पर्धी

सुजुकी एभेनिस अब नेपालमा : यस्ता छन् प्रतिस्पर्धी

काठमाडौं – नेपाली बजारमा हिजो सुजुकीको नयाँ स्पोर्टी स्कुटर ‘एभेनिस’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...