२० हजार सम्मले महंगो भयो एथर स्कुटर

काठमाडौं– नेपाल भित्रिएको छोटो अबधीमै एथर स्कुटर २० हजारसम्मले महंगो भएको छ । गत नेभेम्वरमा बैद्य इनर्जीले लन्च गरेको एथरको मूल्य एकैपटक यति धेरैले बृद्धि भएको हो ।

बृद्धि भएको मूल्यसंगै यसको ४५० एक्स २.९ किलोवाट आवर ब्याट्री जडित भेरिएन्टको ३ लाख ९९ हजार ९९९ रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ३ लाख ८५ हजार ५०० रुपैयाँ थियो । यो स्कुटरमा १४ हजार ५०० रुपैयाँ बृद्धि भएको छ ।

यसैगरी, ३.७ किलोवाट आवर ब्याट्री जडित भेरिएन्टमा एकैपटक २० हजार बृद्धि भएको छ । यसअघि ४ लाख २० हजार निर्धारण गरिएको स्कुटरको नयाँ मूल्य ४ लाख ४० हजार तोकिएको हो ।

सिंगल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको एथर ४५० एक्समा पार्किङ एसिस्ट, हिल एसिस्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, रिभर्स मोड जस्ता अत्याधुनिक फिचर दिइएको छ । स्कुटरलाई ९० किलोमिटर प्रति घण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरुलाई कुलमानको आह्वान

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

काठमाडौं – चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra...

२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ, सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति

२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ, सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति

इन्डोनेसियामा सम्पन्न २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...