सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि
विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...
भारतमा अहिले बिभिन्न अटो उत्पादकहरुले गाडीको मूल्य बढाइरहेका छन् । नयाँ बर्ष २०२२ प्रारम्भ भएसंगै शुरु भएको मूल्य बृद्धिमा हालसम्म टोयोटा, हुन्डाई, स्कोडा, फक्सवागन र एमजी सामेल छन् । भारतमा हरेक नयाँ बर्षमा सवारीसाधनको मूल्य हेरफेर हुने पुरानै प्रचलन हो । सोही प्रचलनलाई निरन्तरता दिंदै केही कम्पनीले मूल्य बढाइसकेका छन् भने अन्य कम्पनीले समेत बढाउन तयारी गरिरहेका छन् । भारतमा मूल्य बृद्धि हुँदा त्यसको सिधा असर नेपाली बजारमा समेत पर्ने हुँदा नेपालमा समेत यी गाडीको मूल्य बृद्धि हुने देखिन्छ ।
प्राप्त जानकारीका अनुसार हालसम्म टोयोटाले आफ्ना सबैजसो मोडलमा मूल्य बृद्धि गरेको छ । उसले ६६ हजार देखी १ लाख १० हजार भारुसम्म मूल्य बढाएको हो । सबैभन्दा बढी मूल्य बृद्धि फर्चूनरमा गरिएको छ । यो एसयूभीमा कम्पनीले १ लाख १० हजार रुपैयाँसम्मले मूल्य बृद्धि गरेको हो । जसका आधारमा यो एसयुभी अब नेपाल आउँदा ५ लाख रुपैयाँसम्म महंगो हुने अनुमान गरिएको छ ।
त्यसैगरी एमजी मोटर्सले एस्टर, हेक्टर र ग्लोस्टमा मूल्य बढाएको छ । केही समयअघिमात्र लन्च गरिएको एस्टरको मूल्य ३५ हजार भरुसम्म बृद्धि गरिएको छ भने नेपाली बजारमा समेत उपलब्ध हेक्टरको मूल्य ७० हजार भारुसम्म बृद्धि भएको छ । जसअनुसार हेक्टरको मूल्य नेपाली बजारमा ३ लाख हाराहारीले बढ्ने देखिन्छ । त्यसैगरी सबैभन्दा बढी बृद्धि ग्लोस्टरमा गरिएको छ । यो एसयुभीको मूल्य १ लाख ३२ हजार भारुसम्म बृद्धि गरिएको हो ।
हुन्डाइले क्रेटा, भेन्यू र अल्काजारमा थोरैमात्र रकम बृद्धि गरेको छ । उसले क्रेटामा ७ हजार र भेन्यूमा २ हजार १ सय रुपैयाँ बृद्धि गरेको छ भने अल्काजारमा २२ हजार भारु बृद्धि गरेको छ । यस आधारमा क्रेटा र भेन्यूको मूल्य नेपाली बजारमा खासै बृद्धि हुने देखिदैन ।
फक्सवागन र स्कोडाले समेत नयाँ एसयुभी टाइगुन र कुसाकको मूल्य बढाएका छन् । यी एयुभीको मूल्य ४५ हजार भारुले बृद्धि भएको हो । यी दुबै एसयुभी नेपाली बजारमा समेत उपलब्ध भएका कारण यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ । नेपालमा यी एसयुभी २ लाख हाराहारी महंगो पर्ने अनुमान लगाउन सकिन्छ ।
विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...
जापनिज अटो निर्माता टोयोटाले हिजो भारतमा कोरोला एल्टिसलाई फ्लेक्स फ्यूल...
टोयोटाले विश्व बजारको लागि नयाँ फ्रन्टल्यान्डर एसयूभीको टिजर तस्बिर जारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...