अनलाइन सेवा मात्र लिन पठाओ नेपालको अपिल : यसरी हुन्छ असुरक्षा

कोटेश्वरबाट शनिवार राति एकजना पठाओ राइडर अपहरित भएको भन्ने खवर केही मिडियामा प्रकाशित भएको वारेमा पठाओ नेपालले चासो व्यक्त गरेको छ । समाचारमा बताइए अनुसार शनिबार राति कोटेश्वरबाट चढेका एक युवाले राइडरलाई धापाखेल पुर्‍याई अपहरण लुटपाट गरेका हुन् ।

तर पठाओ राइडरले अनलाइन होइन, अफलाइन सेवा प्रदान गरेको र यसरी अफलाइन सेवा प्रदान गर्दा सुरक्षित हुन नसकिने वारेमा पठाओ नेपालले सचेत गराएको छ ।

के पठाओ राइडको समयमा अपहरण र लुटपाट भएको हो ?

पठाओ अनलाइन राइड सेयरिङ प्लाटफर्म हो । पठाओको सेवा लिन र दिन मोबाइल एप मार्फत बुकिङ गर्न आवश्यक हुन्छ । यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको बिवरण, सेवाग्राही र राइडर दुबैको ब्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको बिवरण पठाओको एपमा उपलब्ध हुन्छ ।

समाचारमा बताइएको घटना भएको समयमा लिइएको राइड पठाओको अनलाइन राइड नभएको देखिन्छ । पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो राइड सुरक्षित र सुनिश्चित दुबै नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न हामीले बारम्बार सेवाग्राही र राइडर दुबैलाई सुझाउँदै आएका छौँ ।’

पठाओ मोबाइल एपको बिवरण अनुसार अपहरण र लुटपाटमा पर्ने ब्यक्ति प्रविन राईले सो घटना हुनु अगाडि सो दिनमा सामाखुसी देखि कोटेश्वरसम्म अन्तिम राइड लिएको देखिन्छ । रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको छ । कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनी बिवरण पठाओ एपमा उपलब्ध छैन ।

यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको देखिँदैन । निजले बाटोमा भेटेका ब्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो ।

अफलाइन राइड सेवा लिने र दिने दुबैलाई किन असुरक्षित र ?

सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरि राइड लिने प्रवृत्ति देखि सावधान हुनु आवश्यक छ । मोबाईल एप मार्फत राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरि अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको ब्यक्तिगत बिवरण र राइड तथा सवारीको बिवरण रेकर्डमा नहुने हुँदा सुरक्षा सम्वेदनशिलता बड्छ । जसले गर्दा यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्छन् ।

अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा ब्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ र सो जानकारीका आधारमा पिडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुन्छ ।

नेपालको पहिलो राइड सेयरिङ वीमा पठाओले सुरु गरेको हो । पठाओ एप मार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडरहरुको एक लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा दस लाखसम्म वीमा दाबी गर्न सकिन्छ। अफलाइन राइड लिँदा वीमा समेत सुबिधा पाईँदैन ।

त्यसैले सुरक्षित, सुनिश्चित राइडका लागि अनलाइन राइड मात्र लिन र दिन सम्पुर्ण सेवाग्राही र राइडरहरुलाई पठाओ नेपालले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा सुरुङमार्ग निर्माणस्थलका ३२ जना कामदारमा कोभिड सङ्क्रमण

नागढुङ्गा सुरुङमार्ग निर्माणस्थलका ३२ जना कामदारमा कोभिड सङ्क्रमण

काठमाडौं – नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा...

जलाइएको कार्यालयबाट ट्राफिकले सुरु ग-यो काम

जलाइएको कार्यालयबाट ट्राफिकले सुरु ग-यो काम

काठमाडौं–नेपाली सेनाले शुक्रबार (भदौ २७) बिहान ६ देखि ११ बजेसम्म...

अब देश सुरुङ युगमा प्रवेश, यी स्थानमा बन्दै छन् सुरुङ र अन्य मार्ग

अब देश सुरुङ युगमा प्रवेश, यी स्थानमा बन्दै छन् सुरुङ र अन्य मार्ग

काठमाडौँ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बजेट प्रस्तुत गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...