विद्युतीय स्कुटर एनआईयू एमक्यूआई प्लसको खुल्यो प्रि–बुकिङ, यस्तो छ मूल्य

काठमाडौं – एनआईयूको नयाँ इलेक्ट्रिक स्कुटर एमक्यूआई प्लस  (NIU MQi+) नेपाली बजारमा उपलब्ध हुने भएको छ । सो स्कुटरको प्रि–बुकिङ खुलेको छ । नेपालका लागि एनआईयू स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले यसको जानकारी दिएको छ ।

सो स्कुटरको मूल्य २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । सो स्कुटरले सिंगल चार्जमा ८० देखि १०० किमी सम्मको रेन्ज दिने कम्पनीले बताएको छ ।

एनआईयूको यो स्कुटरमा १२ सय वाटको मोटर र ४८ भोल्टको लिथियम आयोन ब्याट्री छ । ७ घण्टामा फुल चार्ज गर्न सकिने स्कुटरले ६० देखि ७५ किलोमिटर रेन्ज दिने बताइएको छ । यसको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ ।

विद्युतीय स्कुटर भएकाले एक वर्षको अवधिमा कुनै ग्राहकले करिव ५० हजार रुपैयाँ बचाउने इको इन्फिनिटीको दावी छ । इन्धन खर्च, कर र सर्भिसिङ शुल्क समेत जोड्दा यति धेरै खर्च जोगिन्छ । यसबाट वातावरण जोगाउन समेत महत्वपूर्ण भूमिका खेल्न सकिन्छ ।

NIU ले नेपाली बजारमा धेरै उपलब्धि हासिल गरेको र नम्बर प्लेट प्राप्त गर्ने पहिलो ई–स्कुटर बनेको छ । 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...