लन्च भयो प्रवागको पहिलो इलेक्ट्रिक एसयुभी, यस्तो छ मूल्य, रेन्ज र फिचर

भारतको स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई आज लन्च गरेको छ । यो नयाँ एसयूभीको मूल्य ३९ लाख ५० हजार भारु निर्धाण गरिएको छ । भारतमा यसलाई ५१ हजार तिरेर वुकिङ गर्न सकिने र २०२३ को अप्रिलदेखी डेलीभरी शुरु हुने कम्पनीको भनाई छ ।

आधुनिक डिजाइनमा तयार पारिएको यो एसयूभी लन्च हुनु अगावै चर्चामा रहन सफल भएको थियो । यसको लुक्स रेन्ज रोभर एसयूभीबाट प्रेरित रहेको छ । यो नयाँ एसयूभीमा पानारोमिक रुफ र १८ इन्चको एलोई ह्विल दिइएको छ ।

यसको इन्टेरियर रिसाइकल गरी उत्पादन गरीको सामाग्रबाट तयार पारिएको छ । यसमा ६ तवरबाट एड्जस्ट गर्न मिल्ने सिट, १५.६ इन्चको टचस्क्रिन डिस्प्ले, ३ डी साउन्ड सिस्टम, वायरलेस चार्जर र १५.६ इन्चको दुईओटा स्क्रिन लगायत फिचर सामेल गरिएको छ । फिचरका मामलमो यो गाडी फूल्ली लोडेड रहेको कम्पनीले दावी गरेको छ ।

पावरटे«नको कुरा गर्नुपर्दा यसमा ५ हजार हार्डकेस सेल्सयुक्त लिथियम आयोन व्याट्री जडान गरिएको छ । जुन ९०.० किलोवाट आवर क्षमताको हो । १५० किलोवाट क्षमताको डुअल मोटर जडान गरिएको यो एसयूभीको पावर ४०७ एचपी र टर्क ६२० एनएम रहेको छ । यसलाई एकपटक फूल चार्ज गर्दा ५०० किलोमिटर माथी रेन्ज प्राप्त गर्न सकिने दावी गरिको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राका दुई नयाँ ईभी बीई६ र एक्सईभी ९ई नेपालमा लन्च हुँदै, मूल्य सार्वजनिक

महिन्द्राका दुई नयाँ ईभी बीई६ र एक्सईभी ९ई नेपालमा लन्च हुँदै, मूल्य सार्वजनिक

काठमाडौं – महिन्द्राका दुई नयाँ ईभी बीई६ र एक्सईभी ९ई नेपाली बजारमा उपलब्ध...

टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाको सबैभन्दा पावरफुल कार रोडस्टर सुपरकारको निकै चर्चा चलिरहेको छ ।...

वर्षातमा लामो यात्रामा निस्कदै हुनुहुन्छ ? यसरी हेर्नुस् देशभरका सडकको लाइभ अपडेट

वर्षातमा लामो यात्रामा निस्कदै हुनुहुन्छ ? यसरी हेर्नुस् देशभरका सडकको लाइभ अपडेट

काठमाडौं – वर्षातको मौसम प्रारम्भ भइसकेको छ । यो अवस्थामा सडक मार्गबाट एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...