के हो सीभीटी ट्रान्समिसन यसका फाइदा र बेफाइदाहरू जान्नुहोस्
कारमा नयाँ नयाँ परिवर्तनहरू तीव्र गतिमा भइरहेका छन् । आजकल कार उत्पादन...
प्रमोद कुमार केही समय पहिले काठमाडौंमा सम्पन्न ‘मकास मेकानिक्स मिट’ मा नेपाल आएका थिए । भारतीय कम्पनी मकास अटोमोटिभका उनी जनरल म्यानेजर हुन् । लामो समय सीए क्लचसँग आवद्ध प्रमोद कुमार सीए क्लच २०१८ मा बन्द भए पश्चात मकास अटामोटिभमा आवद्ध छन् । बजारमा सीए क्लचको नाममा गुणस्तरहिन क्लच र यस्तै पार्ट्स उपलब्ध हुन लागेको समयमा पहिले सीए क्लचकै समूहले मकास अटोमोटिभ स्थापना गरेर क्लच र अन्य पार्ट्स उत्पादनमा लागेको थियो । हाल वीरगन्ज र बुटवलका साथै काठमाडौं क्षेत्रमा समेत मकासको डिष्ट्रिब्युटर छ । काठमाडौं क्षेत्रका लागि बनेपास्थित जयश्री चण्डेश्वरी अटोमोबाइल्सले डिष्ट्रिब्युटरको रुपमा कार्य गरिरहेको छ ।
मकासको अवस्था र नेपालको बजार सम्भाव्यता वारेमा प्रमोद कुमारसँग गरिएको कुराकानी :
मकास अटोमोटिभ कस्तो कम्पनी हो ?
मकास हेभी कमर्सियल भेइकलका लागि भारतको क्लच बजारमा नम्बर वान कम्पनी हो । हामीले टाटा देखि लिएर धेरै कम्पनीहरुमा ओईएम समेत सप्लाई गरिरहेका छौ । गत वर्ष १७० करोडको कारोबार गरेकोमा यो वर्ष २०० करोडको कारोबार गर्दैछौ । कम्पनीले १६० डाया देखि ४३० डाया सम्म सम्पूर्ण रेन्जका क्लच उत्पादन गर्छ । भारतको चार स्थानमा यसको कारखाना छ । थ्री ह्विलर देखि फोर ह्विलर सबै गाडीमा यसको प्रयोग हुन्छ । टाटा मोटर्स, आइसर, अशोक लेल्यान्ड आदि गाडीमा यसको प्रयोग हुन्छ । क्लच प्लेट, कभर एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकास अटोमोटिभले उत्पादन गर्छ ।
मेकानिक्स मिट गर्नुको उद्देश्य के हो ?
हामी ग्रासरुट लेवलमा धेरै जोडिने भएकैले विश्व आर्थिक मन्दीको समयमा समेत धेरै स्थानमा मेकानिक्स मिट गर्दै आइरहेका छौ । हामी सबै मेकानिक्ससँग सुमधुर सम्बन्ध राख्न चाहन्छौ । मेकानिक्सले हाम्रा उत्पादनको वारेमा जानेमा मात्र यसको प्रयोग समेत गर्न सहज हुन्छ । यही कुरालाई मनन गरी हामी व्यक्तिगत रुपमा समेत सबैसँग सुमधुर सम्बन्ध स्थापना गर्न चाहन्छौ । यसका कारण नै स्टिकरमा समेत मेरो व्यक्तिगत नम्बर समेत उपलब्ध गराउने गरेको छु । यसले गर्दा कुनै समस्या आएमा तुरुन्तै सम्पर्क गर्न र समस्या समाधान गर्न सकियोस् भन्ने हाम्रो चाहना हुन्छ ।
हामीले क्लच देखि लिएर फ्लाई ह्विल र बटन सम्म पुरै भारतीय बजारमा राम्रो तरिकाले बिक्री गरिरहेका छौ । तर कुनैमा पनि केही समस्या छैन । हामी गुनासोलाई शून्य प्रतिशतमा लैजान चाहन्छौ र सफल पनि भएका छौ । कतै म्यानुफ्याक्चरिङ फल्ट आएमा त्यसको समाधानका लागि सिधै सम्पर्क गर्न र अन द स्पट समाधान गर्न सकिने हामी एक मात्र कम्पनी हौ ।
जयश्री चण्डेश्वरी अटोमोबाइल्सलाई नै डिष्ट्रिब्युटरको रुपमा नियुक्त गर्नुभयो ? के छ विशेषता ?
जयश्रीसँग योङ, इनर्जेटिक र पोजिटिभ थिंकिङ छ । पहिले नै क्लच अटोको कारोबार पनि गरेका कारण यो क्षेत्रको ज्ञान पनि छ । त्यसैगरी लगानी गर्न र त्यही अनुसारको योजना बनाउनमा विशेष लगाव छ । ग्राहकको सेवा गर्नका लागि नेटवर्क पनि राम्रो छ । हामीलाई मेकानिक्स र स्पेयर पार्ट्स व्यवसायी कहाँ पु¥याउनका लागि सबै कार्य गर्न सक्ने क्षमता पनि छ । यसले गर्दा हामीले डिष्ट्रिब्युटरको रुपमा नियुक्त गरेका हौ ।
नेपालमा मकासको अवस्था कस्तो छ ?
नेपालमा हाल वीरगन्ज र बुटवलका साथै काठमाडौंमा मुख्य डिष्ट्रिब्युटरको रुपमा माँ चण्डेश्वरी सप्लायर्सले कार्य गरिरहेको छ । हाल मासिक करिव ८० लाखको कारोबार भइरहेकोमा अब यसलाई १ करोड पु-याउने र भविष्यमा अझै धेरै कारोबार गर्ने हाम्रो लक्ष्य छ ।
कारमा नयाँ नयाँ परिवर्तनहरू तीव्र गतिमा भइरहेका छन् । आजकल कार उत्पादन...
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का...
बुटवल पश्चिम नेपालकै आर्थिक व्यापारिक केन्द्र हो । हरेक सम्भावना बोकेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...