भेइकल फिटनेस टेष्ट सेन्टर : कार्यालय छ, काम छैन
काठमाडौं – काठमाडौंको टेकुमा अवस्थित भेइकल फिटनेस टेष्ट सेन्टर ९ वर्ष अघि...
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनको चहलपहल बढेको छ । यही चैत २३ र २४ गते प्रदेश राजधानी हेटौंडामा निर्वाचन लगायतका अन्य कार्यक्रम हुँदैछ ।
यसै सन्दर्भमा दुर्गाराज श्रेष्ठको टोलीबाट एसोसिएट सदस्यतर्फ अटोमोबाइल इक्विपमेन्ट व्यवसायी प्रदीपमान प्रधानले उम्मेदवारी दिएका छन् । प्रधान नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको कोषाध्यक्ष पदमा कार्यरत छन् र स्थापना काल देखि नै क्रियाशील छन् ।
उनले नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशमा एक पटक रोजगारदाता परिषदको सदस्यको रुपमा कार्य गरिसकेका छन् । उनले हाल नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष र भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिममा वस्तुगत उपाध्यक्ष उम्मेदवार बनेका प्रबल जङ्ग पाण्डेका साथ काम गरेका थिए । हालका जिल्ला नगर तर्फका उपाध्यक्ष उम्मेदवार दिल सुन्दर श्रेष्ठ अन्तर्गत रहेर उनले सो समयमा सदस्यको रुपमा कार्य गरेका थिए ।
अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा तीन कार्यकाल सम्म सदस्य र एक कार्यकालमा सहकोषाध्यक्षको रुपमा कार्य गरेका थिए । अञ्जन श्रेष्ठ नाडा अध्यक्ष हुँदा प्रधानले कोषाध्यक्षको जिम्मेवारी पुरा गरेका थिए । यो भन्दा पहिले सौरभ ज्योति र शेखर गोल्छा नाडा अध्यक्ष भएको समय देखि नै उनी नाडामा क्रियाशील थिए । प्रधान विशेष गरी अटोमोबाइल ग्यारेज निर्माणका लागि आवश्यक इक्विपमेन्ट व्यवसायीको रुपमा परिचित छन् ।
प्रदीपमान प्रधानको नेतृत्वमा सञ्चालित हिट्को प्रालिले ५० वर्ष यता टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण उपलब्ध गराइरहेको छ ।
कुनै पनि सवारी साधन बिक्री गरेपछि बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि विभिन्न प्रकारका वर्कसप वा अन्य पूर्वाधारको आवश्यकता पर्छ । ती सबै पूर्वाधार कार्यका लागि आवश्यक उपकरण हिट्कोले उपलब्ध गराउदै आएको छ ।
पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरण समेत उपलब्ध गराउदै आएको प्रधान बताउछन् । समयक्रममा नयाँ प्रविधि भित्रिएसँगै त्यसै अनुसारको उपकरण समेत भित्र्याइरहेको उनले बताए ।

शुरुमा हिट्कोले सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपुर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएको थियो । पछि यसले अन्य प्रकारका उपकरण समेत आयात गर्न थाल्यो ।
हिट्को प्रालिले हाल एल्गी र एटिएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । खासगरी सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।
उनले दिएको उम्मेदवारी दर्तासँगै महासंघको हकहितमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विभिन्न क्षेत्रमा कार्य गरेको अनुभव भएको र सबै किसिमका व्यवसायीको हकहितका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् । भन्छन्, ‘व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको महासंघको बागमती प्रदेशको एसोसिएट सदस्यमा दिएको उम्मेदवारीलाई सबैले साथ दिनुहुने विश्वास छ । मेरो अनुभव र क्षमतालाई उपयोग गरेर यो क्षेत्रलाई अझै स्वच्छ र मर्यादित बनाउनमा भूमिका खेल्ने छु ।’
प्रधान दुर्गाराज श्रेष्ठ नेतृत्वको टोलीबाट चुनाव लड्दै छन्। उक्त टोलीमा अध्यक्षमा श्रेष्ठ, उपाध्यक्ष (जिल्ला/नगर) मा कविराज खत्री, उपाध्यक्ष (वस्तुगत) मा प्रेमहरि मैनाली, उपाध्यक्ष (एसोसिएट) मा कृष्णभक्त श्रेष्ठ (निर्विरोध) तथा कोषाध्यक्षमा जीवनकाजी मकाजु श्रेष्ठ रहेका छन्। सदस्यतर्फ सनत थापासहित कृष्णमुरारी न्यौपाने, राजुकुमार कँडेल, जयप्रकाश श्रेष्ठ र विष्णु खनाल रहेका छन्।
वस्तुगत सदस्यतर्फ सदिश श्रेष्ठ र ज्योतिरत्न वज्राचार्य निर्विरोध निर्वाचित भएका छन् भने एसोसिएट सदस्यतर्फ प्रधान र उत्तम शर्मा ढकाल प्रतिस्पर्धामा रहेका छन्।
काठमाडौं – काठमाडौंको टेकुमा अवस्थित भेइकल फिटनेस टेष्ट सेन्टर ९ वर्ष अघि...
काठमाडौं महानगरपालिकाले तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७...
काठमाडौं – ललितपुरमा क्रियाशील बाइक मेकानिक्स तथा व्यवसायीहरुको संगठन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...