सडक सुरक्षा विषयमा चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले सडक सुरक्षा विषयक...
काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड सेफ्टीको सहयोग र अटोमोबाइलको अन्तर्राष्ट्रिय महासंघ (एफआईए) सँगको आवद्धतामा थर्ड काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल सम्पन्न भएको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा सम्पन्न उक्त फेस्टिभलमा कुल उत्कृष्ट ९ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए । जस मध्ये गणेश उपाध्यायद्वारा निर्देशित फिल्म ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने कृष्ण शाहद्वारा निर्देशित फिल्म ‘मम ड्याड गिफ्टेड’ दोस्रो र विवेक थापाद्वारा निर्दे्शित ‘इन्फ्लुएन्स्ड’ नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो ।
मोटरसाइक्लिङ सेफ्टी थिममा आयोजना गरिएको फेस्टिभलका बिजेता फिल्महरुलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद सहित शिल्ड, सर्टिफिकेट र युएन मान्यताप्राप्त सुरक्षित हेल्मेट समेत प्रदान गरियो ।
कलाकार आरपी पन्तको संयोजकत्वमा रेजिना उप्रेती, रामशरण पाठक, ई. आशिष गजुरेल र नविन निरौला सम्मिलित जुरी टिम गठन गरिएको थियो जसले विनोद पाण्डे निर्देशित ‘लोकल चिया’ लाई ‘स्पेशल जुरी अवार्ड’ प्रदान ग-यो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओली, यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सुरेश श्रेष्ठ, नेसनल रोड सेफ्टी काउन्सिल नेपालका सरोज कुमार प्रधान, नेपाल ट्राफिक प्रहरीका एसपी अभिनारायण काफ्ले, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नेसनल एलायन्स फर रोड सेफ्टीका डा. बुलन्द थापा लगायतले आफ्नो मन्तव्य राख्नुका साथै विजयी तथा सहभागी फिल्महरुलाई शिल्ड, सर्टिफिकेट तथा पुरस्कार रकम प्रदान गरिएको नासा अध्यक्ष दशरथ रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...