रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल

काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड सेफ्टीको सहयोग र अटोमोबाइलको अन्तर्राष्ट्रिय महासंघ (एफआईए) सँगको आवद्धतामा थर्ड काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल सम्पन्न भएको छ ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा सम्पन्न उक्त फेस्टिभलमा कुल उत्कृष्ट ९ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए । जस मध्ये गणेश उपाध्यायद्वारा निर्देशित फिल्म ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने कृष्ण शाहद्वारा निर्देशित फिल्म ‘मम ड्याड गिफ्टेड’ दोस्रो र विवेक थापाद्वारा निर्दे्शित ‘इन्फ्लुएन्स्ड’ नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो ।

मोटरसाइक्लिङ सेफ्टी थिममा आयोजना गरिएको फेस्टिभलका बिजेता फिल्महरुलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद सहित शिल्ड, सर्टिफिकेट र युएन मान्यताप्राप्त सुरक्षित हेल्मेट समेत प्रदान गरियो ।

कलाकार आरपी पन्तको संयोजकत्वमा रेजिना उप्रेती, रामशरण पाठक, ई. आशिष गजुरेल र नविन निरौला सम्मिलित जुरी टिम गठन गरिएको थियो जसले विनोद पाण्डे निर्देशित ‘लोकल चिया’ लाई ‘स्पेशल जुरी अवार्ड’ प्रदान ग-यो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओली, यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सुरेश श्रेष्ठ, नेसनल रोड सेफ्टी काउन्सिल नेपालका सरोज कुमार प्रधान, नेपाल ट्राफिक प्रहरीका एसपी अभिनारायण काफ्ले, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नेसनल एलायन्स फर रोड सेफ्टीका डा. बुलन्द थापा लगायतले आफ्नो मन्तव्य राख्नुका साथै विजयी तथा सहभागी फिल्महरुलाई शिल्ड, सर्टिफिकेट तथा पुरस्कार रकम प्रदान गरिएको नासा अध्यक्ष दशरथ रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...

नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न

नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न

बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त...

भारतको हिमाञ्चल प्रदेशमा हुने -याली अफ चाम्बामा भाग लिन जादै राइडर दीपक साह

भारतको हिमाञ्चल प्रदेशमा हुने -याली अफ चाम्बामा भाग लिन जादै राइडर दीपक साह

काठमाडौं – नेपालका प्रसिद्ध बाइक राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...