सीएफमोटोका पावरफुल इलेक्ट्रिक स्कुटर नेपाल आउने, केही दिनमै बिक्री प्रारम्भ गरिने

काठमाडौं – नेपाली बजारमा सीएफमोटो ब्रान्ड अन्तर्गतको इलेक्ट्रिक स्कुटर ब्रान्ड जिहो भित्रिने भएको छ ।

सीएफमोटो अन्तर्गत जिहो ब्रान्डका दुई मोडल एई८ र एई८ एस प्लस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछन् ।

नेपाली बजारमा पहिले देखि नै सीएफमोटोका मोटरसाइकल बिक्री गर्दै आइरहेको अन्ना ग्रुप र रिलायन्स ग्रुप मिलेर जिहोका इलेक्ट्रिक स्कुटर भित्र्याउन लागेका हुन् । करिव एक महिना भित्रै यसको औपचारिक बिक्री प्रारम्भ गरिने कम्पनी स्रोतको भनाइ छ ।

यी स्कुटर नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा पावरफुल स्कुटर समेत हुने कम्पनीको भनाइ छ ।

जिहो एई८ एक म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर हो जुन मोटरसाइकल निर्माणका लागि विकसित गरिएको हाई रिजिड फ्रेममा आधारित छ । सो इलेक्ट्रिक स्कुटरको फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको छ र यसमा भी आकारको एलईडी हेडलाइट छ भने यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित छ ।

यसमा भएको ब्याट्रीले सिंगल चार्जमा १९० किलोमिटर सम्म रेन्ज दिनेछ । यो स्कुटरमा १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ एचपी पावर जेनेरेट गर्छ, जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।

यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा सम्म छ र ० देखि ५० किलोमिटर सम्मको गति २.६ सेकेन्डमै लिन सक्छ ।

स्कुटरलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुबिधासमेत उपलब्ध छ । यो स्कुटर नेपालमा नै पहिलो एबीएस भएको स्कुटर हुनेछ ।यसमा डबल च्यानल एबीससहितको डिस्क ब्रेक उपलब्ध छ ।

त्यस्तै एई८ एस प्लसमा अझै एड्भान्स्ड टीएफटी एलसीडी मिटर छ भने यसमा एबीएसका साथै म्याक्सिसको गुणस्तरीय टायर रहेको छ ।

यी स्कुटरको मूल्य भने अहिले सार्वजनिक भएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...