चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा
काठमाडौं – बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं – नेपाली बजारमा सीएफमोटो ब्रान्ड अन्तर्गतको इलेक्ट्रिक स्कुटर ब्रान्ड जिहो भित्रिने भएको छ ।
सीएफमोटो अन्तर्गत जिहो ब्रान्डका दुई मोडल एई८ र एई८ एस प्लस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछन् ।
नेपाली बजारमा पहिले देखि नै सीएफमोटोका मोटरसाइकल बिक्री गर्दै आइरहेको अन्ना ग्रुप र रिलायन्स ग्रुप मिलेर जिहोका इलेक्ट्रिक स्कुटर भित्र्याउन लागेका हुन् । करिव एक महिना भित्रै यसको औपचारिक बिक्री प्रारम्भ गरिने कम्पनी स्रोतको भनाइ छ ।
यी स्कुटर नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा पावरफुल स्कुटर समेत हुने कम्पनीको भनाइ छ ।
जिहो एई८ एक म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर हो जुन मोटरसाइकल निर्माणका लागि विकसित गरिएको हाई रिजिड फ्रेममा आधारित छ । सो इलेक्ट्रिक स्कुटरको फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको छ र यसमा भी आकारको एलईडी हेडलाइट छ भने यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित छ ।
यसमा भएको ब्याट्रीले सिंगल चार्जमा १९० किलोमिटर सम्म रेन्ज दिनेछ । यो स्कुटरमा १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ एचपी पावर जेनेरेट गर्छ, जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।
यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा सम्म छ र ० देखि ५० किलोमिटर सम्मको गति २.६ सेकेन्डमै लिन सक्छ ।
स्कुटरलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुबिधासमेत उपलब्ध छ । यो स्कुटर नेपालमा नै पहिलो एबीएस भएको स्कुटर हुनेछ ।यसमा डबल च्यानल एबीससहितको डिस्क ब्रेक उपलब्ध छ ।
त्यस्तै एई८ एस प्लसमा अझै एड्भान्स्ड टीएफटी एलसीडी मिटर छ भने यसमा एबीएसका साथै म्याक्सिसको गुणस्तरीय टायर रहेको छ ।
यी स्कुटरको मूल्य भने अहिले सार्वजनिक भएको छैन ।
काठमाडौं – बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं– नेपाली अटो बजारमा अर्को नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ थप हुने भएको...
टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...