एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले इन्डोनेसियन ब्रान्ड जेसिस्ट्सको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो स्कुटर सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै घिसिङले विद्युत खपत बढाउन विद्युतीय साधनलाई प्राथमिकता दिनुपर्ने बताए । खरिद पछि मर्मत खर्च कम लाग्ने र इन्धनको मूल्य जोगिने भएकाले विद्युतीय सवारी लाभदायक रहेको घिसिङले बताए । उनले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिने कार्यक्रममा आफू सधै उत्साहका साथ संलग्न रहने गरेको समेत बताए ।

सो अवसरमा ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, निर्देशक विजय महतो र जेसिट्स ब्रान्डको एमभी दुगड ग्रुप नेपालका प्रमुख कनक जमरको उपस्थिति रहेको थियो ।

यो नेपालमा उपलब्ध अहिले सम्मको सबैभन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर भएको कम्पनीको भनाइ छ । अन्य स्कुटरमा नभएको मोनोसक यसमा रहेको छ, जसले गर्दा ग्राभेल सडक तथा खाल्डाखुल्डी भएको सडकमा समेत लचकतापूर्ण तरिकाले चलाउन सकिन्छ ।

रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध भएको यस स्कुटरमा ५ किलोवाटको मोटर जडान गरिएको छ । यसका कारण यो नेपालमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय स्कुटर मान्न सकिन्छ । त्यसैगरी यसमा ड्राइभ बेल्ट समेत रहेको छ ।

सो इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट, २० एएचको लिथियम आयोन ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ९० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

ब्याट्रीमा भएको बीडीएमएसका कारण ब्याट्री सुरक्षित हुन्छ । ब्याट्रीमा ३ वर्षको ग्यारेन्टी उपलब्ध गराइने छ र यसलाई चार्ज गर्न १.३ युनिट विद्युत खपत हुन्छ ।

जेसिस्ट्स इलेक्ट्रिक स्कुटरमा आधुनिक डिस्क ब्रेकको सुविधा छ र ब्रेकिङ गर्दा स्वचालित रुपमा रिचार्ज हुन्छ । यसको मोटर प्रणाली ओएसमा जडान गरिएकाले स्मार्टफोनमार्फत यसको गति, आरपीएम, तापक्रम, भोल्टेज आदि निगरानी गर्न सकिन्छ ।

स्कुटरको चेसिस बडीमा एक इन्च ब्यासको ट्युबुलर स्टिल र कालो फाइबर प्लास्टिक प्रयोग गरिएको छ । अगाडिको डिजाइन शार्क स्नाउट र एचआईडी हेडल्याम्प रहेको छ ।

राइडर र यात्रुका लागि गुणस्तरीय र आरामदायी सिट रहेका छन् । एलईडी टेलल्याम्प, बेल्ट ड्राइभ, डबल डिस्क ब्रेक, रियर मोनोसक, डिजिटल ड्यासबोर्ड, पन्च फुट रेस्ट आदि रहेका छन् ।

राइड बाई वायर इलेक्ट्रिक थ्रोटल, बीएलडीसी मोटर, एयरकुल्ड सिस्टम, पुली बेल्ट ट्रान्समिसन, २ हजार वाट रेट भएको पावर आउटपुट र ५ हजार वाट पिक पावर, ६.७ हर्स पावर, अधिकतम ३० एनएमको टर्क र ७६ किलोमिटरको अधिकतम गति आदि यसका विशेषता छन् ।

इसमा इको, अर्बान र स्पोर्ट गरी तीन मोड छन् भने ५ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।
सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य ३ लाख ५० हजार र डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ ।

जेसिस्ट्स अर्थात गरान्सिन्डो इलेक्ट्रिक स्कुटर आईटीएस इन्डोनेसियन सरकारको प्रमुख लगानी रहेको विश्वासिलो कम्पनी हो ।

सम्बन्धित समाचारहरू

दुई ब्रान्डमार्फत महिन्द्राले ५ इलेक्ट्रिक एसयूभी ल्याउने, ग¥यो सार्वजनिक

दुई ब्रान्डमार्फत महिन्द्राले ५ इलेक्ट्रिक एसयूभी ल्याउने, ग¥यो सार्वजनिक

महिन्द्राले भारतको स्वतन्त्रता दिवसको अवसरमा २ वटा ब्रान्डका ५ वटा...

टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

काठमाडौं – विश्वकै सर्वाधिक सफल इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...