शक्तिशाली इन्जिन र उत्कृष्ट सेफ्टी फिचर्स भएको स्कोडा कुशाक

चेक रिपब्लिकन ब्रान्ड स्कोडा नेपाल भित्रिएको लामो समय भैसकेको छ । आकर्षक लुक्स, शक्तिशाली इन्जिन, अत्याधुनिक फिचर्स र आरामदायी बिशेषताका कारण स्कोडा प्रिमियम अर्थात लक्जरियस ब्रान्डमा गनिन्छ । नेपाली बजारमा स्कोडाका प्राय सेडान कार लोकप्रिय मानिन्छन् । यद्यपी पछिल्लो समय चर्चित बन्दै गएको मिडसाइज एसयुभी सेग्मेन्टमा कुशाकलाई उतारेर उसले यो सेग्मेन्टमा समेत बलियो उपस्थिती जनाउन थालेको छ ।

भारतीय बजारमा सार्बजनिक हुनु अगाबै बहुप्रतिक्षित बनेको यो एसयुभीले नेपालको एसयुभी बजारमा समेत दमदार उपस्थिती जनाउन थालेको हो । यो सेग्मेन्टमा यसअघि कारोबार हुँदै आइरहेका अन्य ब्रान्डका एसयुभीलाई कडा टक्कर दिँदै स्थापित हुने क्रममा रहेको कुसाकको सबल पक्षका रुपमा यसमा जडित टिएसआई इन्जिन, आकर्षक इन्टेरियर, उत्कृष्ट पर्फमेन्स र अत्याधुनिक सेफ्टी फिचर्स लगायतलाई लिन सकिन्छ ।

बिलासी इन्टेरियर
स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेनमेन्ट टचस्क्रिन र टु–स्पोक मल्टिफंक्सन स्टेयरिङ छ । यसको बुट क्षमता ३८५ लिटर हो जसलाई पछाडिको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरिएन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्रि प्रयोग गरिएको छ । त्यसैगरी, स्टाइल भेरिएन्टमा ग्रे डिजाइनले पर्फोरेट गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ ।

शक्तिशाली टीएसआई इन्जिन
नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टीएसआई इन्जिन राखिएको छ जसले इन्टरनेसनल इन्जिन अफ द इयर अवार्ड हासिल गरिसकेको छ । डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ । ३ सिलिन्डर भएको १.० लिटरको टीएसआईले ८५ किलोवाट पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ ।

कम्फर्ट, कन्भिनेन्ट र कनेक्टिभिटी
नयाँ कुशाक दुई आधुनिक इन्फोटेनमेन्ट सिस्टमको अप्सनसहित उपलब्ध छ । यी दुवैले स्मार्टलिंक टेक्नोलोजीमार्फत स्मार्टफोनसँग कनेक्ट गर्छ । एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ भने एक्टिभमा १७.७८ सेन्टिमिटरको टचस्क्रिन रहेको छ । यो इन्फोटेनमेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटर्नल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ । कुशाकमा ६ वटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्नेछ । यसमा अगाडि डाटा कनेक्ट र चार्जिङको लागि सेन्टर कन्सोलमा दुई वटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि दुई वटा युएसबी सी पोर्ट हुनेछ । स्टाइल ट्रिममा वायरलेस चार्जर समेत रहेको छ । कुशाकमा एअर केयर फंक्सनसहितको टच कन्ट्रोल्ड क्लाइमेट्रोनिक पनि रहेको छ ।

बेजोड सुरक्षा व्यवस्था
कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयूभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एयरब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ । बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ । यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ । साथै एबीएस, इबीडी, एक्सडीएससहितको इडीएस, एचबीभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर यसमा छन् ।

मूल्य तथा प्रतिस्पर्धा
कुशाक एक्टिभ एमटीको मूल्य ४९ लाख ९० हजार, एम्बिसन एमटीको मूल्य ५३ लाख९० हजार, एम्बिसन एटीको मूल्य ५८ लाख ९० हजार, स्टाइल एमटीको मूल्य ६० लाख ९० हजार र स्टाइल एटीको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यो एसयुभीले नेपाली बजारमा हुन्डाई क्रेटा, निशान किक्स, रेनो डस्टर र किया सेल्टोस सहित यहि सेग्मेन्टका अन्य एसयुभीसंग समेत प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सम्बन्धित समाचारहरू

बहुप्रतीक्षित एसयूभी स्कोडा कुशाकको औपचारिक बिक्री नेपालमा सुरु

बहुप्रतीक्षित एसयूभी स्कोडा कुशाकको औपचारिक बिक्री नेपालमा सुरु

काठमाडौ – नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु...

कम्फर्ट र सेफ्टी फिचर्स लोडेड हावल जोलियन

कम्फर्ट र सेफ्टी फिचर्स लोडेड हावल जोलियन

चिनियाँ ब्रान्ड ग्रेटवालको सहायक कम्पनी हावल १ दशक लामो समयपछि पुन नेपाली...

फोटोन भ्यान किन्दा १२ लाख रुपैयाँ बुझाए पुग्ने, पहिलो तीन महिना किस्ता नै तिर्नु नपर्ने

फोटोन भ्यान किन्दा १२ लाख रुपैयाँ बुझाए पुग्ने, पहिलो तीन महिना किस्ता नै तिर्नु नपर्ने

काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...