सर्भिस इन्जिनियरको पोस्ट लकडाउन बाइक राइडिङ टिप्स : बाइक चलाउनु अघि ध्यान दिनु पर्ने कुराहरु

काठमाडौं उपत्यका र देशका धेरै स्थानमा जारी निषेधाज्ञा केही खुकुलो गरिएको छ । यो अवस्थामा जोर विजोर प्रणाली अनुसार मोटरसाइकल र अन्य सवारी साधन चलिरहेका छन् ।

घरमा लामो समय थन्क्याएर राखिएका सवारी साधन एकै पटक संचालनमा ल्याउनु भन्दा पहिले आफ्नो मोटरसाइकल वा स्कुटरको विभिन्न पक्षको वारेमा चेकजाँच गर्नु आवश्यक हुन्छ ।

सबैभन्दा पहिलो नम्बरमा ब्रेकमा ध्यान दिनुपर्छ । बाइक स्टार्ट भएर मात्र हुँदैन, निश्चित स्थानमा रोकिनु पनि त्यत्तिकै जरुरी छ । अगाडि र पछाडिको ब्रेक प्याड ठिक छ कि छैन, ब्रेक आयल चाहिने मात्रामा छ कि छैन ? ब्रेक टाइट गर्न मिल्छ कि मिल्दैन ? ब्रेक आयललाई डट फोर, डट फाइभ आदि भागमा डिपार्टमेन्ट अफ ट्रान्सपोर्टले विभाजन गरेको हुन्छ, त्यही अनुसारको ब्रेक आयल प्रयोग गर्नुपर्छ । ब्रेक लिभरको फ्रि प्ले कति छ ? यो २० देखि ३० एमएमको हुनुपर्छ र त्यही अनुसार उपयुक्त तरिकाले मिलाउनु पर्छ ।

त्यसैगरी बाइकमा चेनलाई पनि ठिक तरिकाले टाइट गरिएको हुनुपर्छ । स्ल्याप हुनु भएन । हेडलाइट, साइडलाइट आदि चलिरहेको छ कि छैन ? चेक गर्नुपर्छ । त्यसैगरी क्लच लिभरको फ्रि प्ले सामान्यतः १० देखि २० एमएम सम्म हुनुपर्छ । क्लच र ब्रेक थिच्दा यसको सन्तुलन मिलेको हुनुपर्छ ।

अर्को ध्यान दिनु पर्ने इन्जिन आयल हो । यो ताजा अवस्थामा हुनुपर्छ । यो वर्किङ कन्डिसनमा हुनुपर्छ । बाइकमा इन्जिन आयल, इन्धन वा ग्रिज आदि केही लिकेज भएको जस्तो लाग्छ भने चेक गर्नुपर्छ ।

बाइकको मिरर र हर्न पनि उपयुक्त अवस्थामा छन् कि छैनन् ? चेक गर्नुपर्छ । आजकाल वाटरकुल्ड इन्जिन भएका बाइक पनि उपलब्ध छन् । यस्ता बाइकमा रेडिएटर फ्यान चल्छ कि चल्दैन ? बाइक चलाएर केही समय राख्दा रेडिएटर हिट हुन्छ कि हुँदैन ? चेक गर्नुपर्छ । यदि हिट हुँदैन भने समस्या छ भन्ने बुझिन्छ ।

अन्तिममा बाइकको आवाज कस्तो छ ? त्यो पनि सुन्नुस् । लकडाउन पहिले बाइकको आवाज कस्तो थियो र अहिले कस्तो छ ? केही फरक छ कि ? फरक छ भने केही समस्या हुन सक्छ ।

यदि केही समस्या भएको अनुभव भयो र मर्मत गर्नुपर्ने आवश्यकता देखिन्छ भने विश्वासिलो सर्भिस सेन्टरमा एक पटक चेक गराउनु होला ।

अन्त्यमा, सुरक्षित तरिकाले बाइक वा स्कुटर जस्ता सवारी साधन चलाउनु होला । बाइक वा स्कुटर चलाउदा हेल्मेट र अन्य प्रोटेक्टिभ गियर लगाएर चलाउनु होला ।

  • मनिष अर्याल
    सर्भिस म्यानेजर, इग्निसन अटो (हार्टफोर्ड नेपाल)

सम्बन्धित समाचारहरू

उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द

उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं – काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द...

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई...

आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो

आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो

काठमाडौं – कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...