अब एउटै शोरुममा मोटरहेड र टारो ब्रान्डका बाइक तथा स्कुटर
काठमाडौं – एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री–वितरण भइरहेका मोटरहेड र...
काठमाडौं – अक्सिजन अभावलाई कम गर्न एसजी ग्रुपले पोर्टेबल अक्सिजन ब्याग नेपाली बजारमा उपलब्ध गराएको छ । एसजी ग्रुपका सञ्चालक सुगम घिमिरेका अनुसार एसजी गुपले चीनबाट अक्सिमिटर, अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर ल्याएको छ ।
यी सामग्रीहरूमध्ये अक्सिजन ब्याग नेपालका लागि नयाँ भएको घिमिरेले बताए । यो अक्सिजन ब्याग अक्सिजन बोकेर हिँड्न मिल्ने खालको हुनेछ । ब्यागमा अक्सिजन हुने भएकाले त्यही मागमार्फत मोटरसाइकल, साइकल तथा हिँड्दा सडकमा समेत प्रयोग गर्न मिल्ने खालको उपकरण भएको उनले बताए ।
यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पु¥याउनुपर्ने संक्रमितका लागि ब्यागको प्रयोग गर्न सकिने छ । अन्य मुलुकमा यस्तो ब्याग आपत्कालीन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको उनले बताए ।
व्यवसायी घिमिरेले घरघरमा ठुलो मात्रामा अक्सिजन सिलिन्डर होल्ड गर्नु भन्दा पनि पोर्टेबल अक्सिजन ब्याग प्रयोग गर्दा अस्पतालहरूमा देखिएको अक्सिजन अभाव कम गर्न मद्दत पुग्ने र उच्च जोखिममा रहेका कोरोना संक्रमितहरूले आवश्यकता अनुसार अक्सिजन पाउन सक्ने बताए । यसलाई घरघरमा र आइसोलेसन सेन्टरमा पनि प्रयोग गर्न सकिने बताए ।
८ सय ७५ रुपैयाँमा उपलब्ध हुने ब्यागमा १० लिटरको अक्सिजनले औसतमा १५ वटा ब्याग भर्न सकिने क्षमता हुन्छ । एक पटकमा ०.६७ लिटर अक्सिजन भर्न सकिने र यसका लागि ५ मिनेट ३० सेकेन्ड समय लाग्ने बताइएको छ ।
ब्यागबाट प्राप्त अक्सिजनले ४५ मिनेट देखि १ घण्टा सम्म धान्ने छ । ब्यागबाट प्राप्त हुने अक्सिजन अत्यावश्यक सेवाका लागि प्रयोग गर्न उत्तम हुने सञ्चालक घिमिरेले बताएका छन् । विरामीको अवस्था नाजुक हुँदै गएमा ब्यागबाट प्रवाह हुने अक्सिजनले काम नगर्ने हुँदा तुरुन्तै डाक्टरलाई सम्पर्क गरेर विरामीको अवस्था बारे जानकारी गराउने वा अस्पताल लानुपर्ने उनको भनाइ छ ।
साथै ०१५५४२९३४, ९८५११३४७८२ र ९८५११३२४७९ मा सम्पर्क गरेर ब्याग खरिद र यसको बारेमा जानकारी लिन सकिने बताइएको छ ।
एसजी ग्रुप नेपालका प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद घिमिरेको स्वामित्वको औद्योगिक, व्यावसायिक तथा सामाजिक प्रतिष्ठानहरुको ग्रुप हो। शिवप्रसाद घिमिरे नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् । त्यसैगरी उनी अध्यक्ष रहेको एसजी ग्रुप अन्तर्गतको एसएलआर टेक्नो एन्ड ट्रेडले नेपालमा मोटरहेड ब्रान्डका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ ।
काठमाडौं – एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री–वितरण भइरहेका मोटरहेड र...
काठमाडौं – काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ...
काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...