पोस्र्चे टेक्यान ईभीले बनायो छोटो चार्जिङ समयको कीर्तिमान, २ घण्टा चार्जमा ४,५०० किमी यात्रा

पोस्र्चे टेक्यान ईभीले क्रस कन्ट्री ड्राइभमा सबैभन्दा कम चार्ज गर्ने समयको लागि विश्व रेकर्ड बनाएको छ । पोस्र्चे टेक्यान ईभीले संयुक्त राज्य अमेरिकाको लस एन्जलस, क्यालिफोर्निया र न्यूयोर्क शहर हुँदै क्रस–कन्ट्री ड्राइभको क्रममा लगभग २ घन्टा ५ मिनेटको चार्जमा ७ घन्टा, १० मिनेट र १ सेकेन्डको रेकर्ड समय कायम गरेको छ । सो ड्राइभमा कारले लगभग ४ हजार ४६२ किलोमिटरको दुरी तय गरेको थियो ।

उक्त ड्राइभको लागि पोस्र्चे टेक्यान ईभीको मानक मोडल छनोट गरिएको थियो, जसमा परफर्मेन्स ब्याट्री प्लसको साथमा प्रिमियम प्याकेज, एडेप्टिभ क्रुज कन्ट्रोल र पोस्र्चे इलेक्ट्रिक स्पोर्ट साउन्ड जस्ता केही लक्जरी फिचर उपलब्ध छ । पहिलो पटक कार चार्ज गर्न २२ मिनेट लागेको थियो, जसले ६ देखि ८२ प्रतिशत सम्म चार्ज भएको थियो ।

हालै पोस्र्चे टेक्यान ईभीले सबैभन्दा लामो ड्रिफ्टको रेकर्ड पनि बनाएको छ । यो कारले ५५ मिनेटमा ४२.१७१ किलोमिटरको दुरी पूरा गर्ने कीर्तिमान गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको छ । पोस्र्चे टेक्यान ईभीको लम्बाई ४९६३ एमएम, चौडाई २१४४ एमएम, उचाइ १३७८ एमएम, ह्विलबेस २९०० एमएम र २१ इन्च अलोय ह्विल समावेश गरिएको छ ।

पोस्र्चे टेक्यानको क्याबिनमा १६.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र ८.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्यानल समावेश गरिएको छ । कारमा १०.९ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट डिस्प्ले र अप्सनल प्यासेन्जर डिस्प्ले पनि छ । कारमा ‘पोस्र्चे टेक्यान चार्ज म्याप’ जस्ता फिचरहरू पनि छन् जसले चालकलाई रुटमा उपलब्ध चार्जिङ स्टेशनहरूको बारेमा जानकारी दिन्छ ।

पोस्र्चे टेक्यान ईभीमा २ वटा इलेक्ट्रिक मोटरहरू छन् जसले अधिकतम ६०० बीएचपीको पावर जेनेरेट गर्छ । कारमा २ हाई भोल्टेज लिथियम आयोन ब्याट्रीको विकल्प पनि समावेश गरिएको छ, जसले अधिकतम ५०० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसले मात्र ३.५ सेकेन्डमा ०–१०० किमी÷घन्टाको गति लिन सक्छ ।

पोस्र्चे टेक्यान ईभीमा ८०० भोल्टको फास्ट चार्जिङ दिइएको छ । जसले १५ मिनेटमा ४०० किलोमिटरसम्म चलाउन चार्ज गर्छ । पोस्र्चे टेक्यान ईभी भारतमा १ करोड ५० लाख भारु मूल्यमा उपलब्ध छ । सो कार ३ भेरिएन्टमा उपलब्ध छ । भारतमा सो कारले औडी ई–ट्रोन जीटी, जागुआर आई–पेस र मर्सिडिज बेन्ज ईक्युसीसँग प्रतिस्पर्धा गर्छ । नेपाली बजारमा भने यो कार आउने सम्भावना तत्काल छैन ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

अन्तर्राष्ट्रिय स्तरको लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा स्क्र्याचमा १ लाख सम्म छुट

अन्तर्राष्ट्रिय स्तरको लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा स्क्र्याचमा १ लाख सम्म छुट

काठमाडौं – बज्र ग्रुप अन्तर्गतको अटोमोबाइल डिभिजन ईभी नेपाल मोटर्स...

मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न

मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न

काठमाडौं मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...