पोस्र्चे टेक्यान ईभीले बनायो छोटो चार्जिङ समयको कीर्तिमान, २ घण्टा चार्जमा ४,५०० किमी यात्रा

पोस्र्चे टेक्यान ईभीले क्रस कन्ट्री ड्राइभमा सबैभन्दा कम चार्ज गर्ने समयको लागि विश्व रेकर्ड बनाएको छ । पोस्र्चे टेक्यान ईभीले संयुक्त राज्य अमेरिकाको लस एन्जलस, क्यालिफोर्निया र न्यूयोर्क शहर हुँदै क्रस–कन्ट्री ड्राइभको क्रममा लगभग २ घन्टा ५ मिनेटको चार्जमा ७ घन्टा, १० मिनेट र १ सेकेन्डको रेकर्ड समय कायम गरेको छ । सो ड्राइभमा कारले लगभग ४ हजार ४६२ किलोमिटरको दुरी तय गरेको थियो ।

उक्त ड्राइभको लागि पोस्र्चे टेक्यान ईभीको मानक मोडल छनोट गरिएको थियो, जसमा परफर्मेन्स ब्याट्री प्लसको साथमा प्रिमियम प्याकेज, एडेप्टिभ क्रुज कन्ट्रोल र पोस्र्चे इलेक्ट्रिक स्पोर्ट साउन्ड जस्ता केही लक्जरी फिचर उपलब्ध छ । पहिलो पटक कार चार्ज गर्न २२ मिनेट लागेको थियो, जसले ६ देखि ८२ प्रतिशत सम्म चार्ज भएको थियो ।

हालै पोस्र्चे टेक्यान ईभीले सबैभन्दा लामो ड्रिफ्टको रेकर्ड पनि बनाएको छ । यो कारले ५५ मिनेटमा ४२.१७१ किलोमिटरको दुरी पूरा गर्ने कीर्तिमान गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको छ । पोस्र्चे टेक्यान ईभीको लम्बाई ४९६३ एमएम, चौडाई २१४४ एमएम, उचाइ १३७८ एमएम, ह्विलबेस २९०० एमएम र २१ इन्च अलोय ह्विल समावेश गरिएको छ ।

पोस्र्चे टेक्यानको क्याबिनमा १६.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र ८.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्यानल समावेश गरिएको छ । कारमा १०.९ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट डिस्प्ले र अप्सनल प्यासेन्जर डिस्प्ले पनि छ । कारमा ‘पोस्र्चे टेक्यान चार्ज म्याप’ जस्ता फिचरहरू पनि छन् जसले चालकलाई रुटमा उपलब्ध चार्जिङ स्टेशनहरूको बारेमा जानकारी दिन्छ ।

पोस्र्चे टेक्यान ईभीमा २ वटा इलेक्ट्रिक मोटरहरू छन् जसले अधिकतम ६०० बीएचपीको पावर जेनेरेट गर्छ । कारमा २ हाई भोल्टेज लिथियम आयोन ब्याट्रीको विकल्प पनि समावेश गरिएको छ, जसले अधिकतम ५०० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसले मात्र ३.५ सेकेन्डमा ०–१०० किमी÷घन्टाको गति लिन सक्छ ।

पोस्र्चे टेक्यान ईभीमा ८०० भोल्टको फास्ट चार्जिङ दिइएको छ । जसले १५ मिनेटमा ४०० किलोमिटरसम्म चलाउन चार्ज गर्छ । पोस्र्चे टेक्यान ईभी भारतमा १ करोड ५० लाख भारु मूल्यमा उपलब्ध छ । सो कार ३ भेरिएन्टमा उपलब्ध छ । भारतमा सो कारले औडी ई–ट्रोन जीटी, जागुआर आई–पेस र मर्सिडिज बेन्ज ईक्युसीसँग प्रतिस्पर्धा गर्छ । नेपाली बजारमा भने यो कार आउने सम्भावना तत्काल छैन ।

सम्बन्धित समाचारहरू

ब्याट्री स्वापिङ प्रविधिसहित नेपाल भित्रिँदै नियो, पारामाउन्ट मोटर्स बन्यो आधिकारिक बिक्रेता

ब्याट्री स्वापिङ प्रविधिसहित नेपाल भित्रिँदै नियो, पारामाउन्ट मोटर्स बन्यो आधिकारिक बिक्रेता

चिनियाँ ईभी निर्माता नियो ब्याट्री स्वापिङ प्रविधिसहित नेपाल आउने भएको छ...

नयाँ वर्षमा इनड्राइभले ल्यायो ‘राइड मोर, विन मोर’ क्याम्पेन

नयाँ वर्षमा इनड्राइभले ल्यायो ‘राइड मोर, विन मोर’ क्याम्पेन

कठमाडौं–विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली...

दुई ठुला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक कारको मूल्य घटाउन प्रतिस्पर्धा

दुई ठुला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक कारको मूल्य घटाउन प्रतिस्पर्धा

अमेरिकामा दुई ठूला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...