लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध
नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल...
महिन्द्राको पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० ले अहिले भारतीय बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । महिन्द्राले यो इलेक्ट्रिक एसयूभीको वुकिङ ५ दिनअघि मात्रै खुल्ला गरेको थियो । यो एसयूभी हालसम्म १० हजार वढी युनिट वुक भैसकेको छ भने वुकिङमा रुची राख्ने ग्राहकको संख्या हरेक दिन वढ्दो क्रममा रहेको छ ।
कम्पनीले यो एसयूभीको डेलिभरी मार्च महिनादेखी शुरु गर्ने वताएको छ । सवैभन्दा पहिले यसको टप स्पेक भेरिएन्टको डेलिभरी गरिने र त्यसपछि मात्र लोअर स्पेक हस्तान्तरण गरिने उसको भनाई छ । लन्च भएको पहिलो वर्षमा जम्मा २० हजार गाडीमात्र डेलिभरी गर्ने योजना कम्पनीले वनाएको छ । यस आधारमा हालकै वुकिङलाई आधार मान्दा पनि यो गाडी हात पार्न ग्राहकले कम्तीमा पनि ७ महिना कुर्नुपर्ने देखिन्छ ।
एक्सयूभी ४०० लाई महिन्द्राले दुई वटा व्याट्री प्याकमा उतारेको हो । यसमा जडान गरिएको ३४.५ किलोवाट आवरको सानो व्याट्री प्याकले ३७५ किलोमिटर र ३९.४ किलोवाट आवरको प्याकले ४५६ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यी दुवै व्याट्री प्याकमा फ्रन्ट एक्सेल माउन्टेड इलेक्ट्रिक मोटर दिइएको छ । जसको अधिकतम पावर १५० एचपी र टर्क ३१० एनएम रहेको छ ।
यो एसयूभीलाई ५० किलोवाट डिसी चार्जरको साहयतामा ५० मिनेटभित्र सून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ३.३ किलोवाट र ७.२ किलोवाट एसी चार्जरको समेत विकल्प दिइएको छ । यसको टप स्पेकमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध गराइएको छ भने अन्य फिचरमा सिंगल प्यानल सनरुफ, ओभर दि एयर अपडेट सहितको कनेक्टेड कार टेक्नोलोजी सहित ६ वटा एयर व्याग, चारवटै चक्कामा डिस्क वे्रेक र व्याट्री प्याकमा आइपी ६७ रेटिङ लगायत सेफ्टि फिचर पाउन सकिन्छ ।
भारतीय बजारमा यो एसयुभीको मूल्य १६ देखी १९ लाख भारुसम्म निर्धारण गरिएको छ । यो मूल्य शुरुवातमा वुकिङ लिने ५ हजार ग्राहकका लागी मात्र लागु हुने कम्पनीको भनाईले पछि यसको मूल्य बृद्धि हुने देखाएको छ । यो एसयूभीले बजारमा टाटा नेक्सन इभीसंग सिधा टक्कर गर्ने देखिएको छ ।
भारतीय बजारमा लन्च भएसंगै यो नयाँ एसयूभीलाई नेपाली इभी पारखीले समेत रुचीका साथ प्रतिक्षा गर्न थालेका छन् । भारतमै माग अत्याधिक भएका महिन्द्राका एसयुभीहरु एक्सयूभी ३०० र एक्सयूभी ७०० निकै ढिलो गरी नेपाल आएका र लन्च भएर पनि नेपाल आउन नसकिरहेको स्कर्पियो एनको नजिरले एक्सयूभी ४०० समेत नेपाल आउन लामै समय लाग्ने देखिएको छ । नेपाल आउँदा यसको शुरुवाती मूल्य ४० लाख हाराहारीवाट शुरु हुने अनुमान गर्न सकिन्छ ।
नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल...
चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२५ को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...