चाइनिज कम्पनीले ल्यायो नानो ईभी, फुल चार्जमा ३०० किमी दिने सबैभन्दा सस्तो इलेक्ट्रिक कार
चिनियाँ कार निर्माता कम्पनी वुलिङ होङगुआङको मिनी इलेक्ट्रिक कारको सफलता...
महिन्द्राको पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० ले अहिले भारतीय बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । महिन्द्राले यो इलेक्ट्रिक एसयूभीको वुकिङ ५ दिनअघि मात्रै खुल्ला गरेको थियो । यो एसयूभी हालसम्म १० हजार वढी युनिट वुक भैसकेको छ भने वुकिङमा रुची राख्ने ग्राहकको संख्या हरेक दिन वढ्दो क्रममा रहेको छ ।
कम्पनीले यो एसयूभीको डेलिभरी मार्च महिनादेखी शुरु गर्ने वताएको छ । सवैभन्दा पहिले यसको टप स्पेक भेरिएन्टको डेलिभरी गरिने र त्यसपछि मात्र लोअर स्पेक हस्तान्तरण गरिने उसको भनाई छ । लन्च भएको पहिलो वर्षमा जम्मा २० हजार गाडीमात्र डेलिभरी गर्ने योजना कम्पनीले वनाएको छ । यस आधारमा हालकै वुकिङलाई आधार मान्दा पनि यो गाडी हात पार्न ग्राहकले कम्तीमा पनि ७ महिना कुर्नुपर्ने देखिन्छ ।
एक्सयूभी ४०० लाई महिन्द्राले दुई वटा व्याट्री प्याकमा उतारेको हो । यसमा जडान गरिएको ३४.५ किलोवाट आवरको सानो व्याट्री प्याकले ३७५ किलोमिटर र ३९.४ किलोवाट आवरको प्याकले ४५६ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यी दुवै व्याट्री प्याकमा फ्रन्ट एक्सेल माउन्टेड इलेक्ट्रिक मोटर दिइएको छ । जसको अधिकतम पावर १५० एचपी र टर्क ३१० एनएम रहेको छ ।
यो एसयूभीलाई ५० किलोवाट डिसी चार्जरको साहयतामा ५० मिनेटभित्र सून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ३.३ किलोवाट र ७.२ किलोवाट एसी चार्जरको समेत विकल्प दिइएको छ । यसको टप स्पेकमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध गराइएको छ भने अन्य फिचरमा सिंगल प्यानल सनरुफ, ओभर दि एयर अपडेट सहितको कनेक्टेड कार टेक्नोलोजी सहित ६ वटा एयर व्याग, चारवटै चक्कामा डिस्क वे्रेक र व्याट्री प्याकमा आइपी ६७ रेटिङ लगायत सेफ्टि फिचर पाउन सकिन्छ ।
भारतीय बजारमा यो एसयुभीको मूल्य १६ देखी १९ लाख भारुसम्म निर्धारण गरिएको छ । यो मूल्य शुरुवातमा वुकिङ लिने ५ हजार ग्राहकका लागी मात्र लागु हुने कम्पनीको भनाईले पछि यसको मूल्य बृद्धि हुने देखाएको छ । यो एसयूभीले बजारमा टाटा नेक्सन इभीसंग सिधा टक्कर गर्ने देखिएको छ ।
भारतीय बजारमा लन्च भएसंगै यो नयाँ एसयूभीलाई नेपाली इभी पारखीले समेत रुचीका साथ प्रतिक्षा गर्न थालेका छन् । भारतमै माग अत्याधिक भएका महिन्द्राका एसयुभीहरु एक्सयूभी ३०० र एक्सयूभी ७०० निकै ढिलो गरी नेपाल आएका र लन्च भएर पनि नेपाल आउन नसकिरहेको स्कर्पियो एनको नजिरले एक्सयूभी ४०० समेत नेपाल आउन लामै समय लाग्ने देखिएको छ । नेपाल आउँदा यसको शुरुवाती मूल्य ४० लाख हाराहारीवाट शुरु हुने अनुमान गर्न सकिन्छ ।
चिनियाँ कार निर्माता कम्पनी वुलिङ होङगुआङको मिनी इलेक्ट्रिक कारको सफलता...
चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी...
कार निर्माताले आफ्ना लेटेस्ट टेक्नोलोजी र नयाँ मोडलहरू सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...