प्रहरीले भेटायो चोरी भएका २६ मोटरसाइकल, बुझायो धनीलाई

काठमाडौं- पछिल्लो समय विभिन ठाउँहरुमा पार्क गरिएका मोटरसाइकलहरु हराएको समाचार खुब सुनिन्छ । उपत्यकाको मुख्य ठाउँहरु नयाँ बसपार्क, ठमेल, नयाँ बानेश्‍वर, पुतलिसडक लगायतका ठाउँहरुबाट धेरै मोटरसाइकल चोरी भएको पाईन्छ ।

यस्तो अवस्थामा विभिन्न स्थानबाट हराएका २६ वटा मोटरसाइकल खोजेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार एकान्त ठाउँको पार्किङ स्थलबाट धेरै मोटरसाइकलहरु हराउने गरेको छ । त्यस्तै अस्पताल लगाएतका ठाउँहरुमा अतिरिक्त लक प्रयोग नगरेर जुनसुकै साँचोले खोल्ने अवस्थामा भएका मोटरसाइकलहरु पनि हराउने गरेको पाईन्छ ।

चोरी हुनबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न र घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नहुन ढकालको आग्रह छ ।

मोटरसाइकल चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लष्ट भेकल एप्लिकेशनमा लगईन गरेर निवेदन दिन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले लकडाउनदेखि हाल सम्ममा ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनिलाई बुझाईसकेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...