भन्सार छलेर ल्याइएका पाँच गाडी नियन्त्रणमा

काठमाडौं– प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएका पाँचवटा गाडी नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गाडी नियन्त्रणमा लिएको हो । यसरी ल्याइएका गाडीमा दुईवटा हुन्डाई, दुईवटा मारुती सुजुकी र एउटा टाटा ब्राण्डका हुन् ।

नक्कली कागजातहरु बनाएर नेपाल भित्र्याउने र सस्तो दरमा बिक्री गर्ने गरेको गिरोहका तीन जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाठ एक जना र नेपालगन्जबाट दुई जनालाई नियन्‍त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका अनुसार नेपालगन्जबाट पक्राउ परेका दुई जनालाई पनि काठमाडौं नै ल्याइएको छ । उनीहहरुलाई विवरणसहित प्रहरीले सार्बजनिक गर्ने तयारी गरेको छ ।

प्रहरीका अनुसार नेपालगन्जमा रहेका दुई जनाले नक्कली बिलबूक लगायतका कागजात बनाइ गाडी नेपाल भित्र्याउने र काठमाडौंमा रहेका व्‍यक्तिले बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...