१४० किमि/घण्टाको गतिमा टायर फुट्दा पनि स्थिर रह्यो नयाँ एट्टो१
काठमाडौं–बीवाईडीले आफ्नो नयाँ पुस्ताको विद्युतीय ह्याचब्याक कार...
काठमाडौं– पोकर रनको नयाँ संस्करण आगामी अप्रिल १२ अर्थात चैत ३० देखि शुरु हुने भएको छ । काठमाडौंबाट रोयल इन्फिल्डका विभिन्न मोडलका मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको छ ।
एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सन् २००९ देखि गर्दै आएको पोकर रनको यस पटक १४औं संस्करण हो । यस पटक २०० भन्दा बढी राइडर सहभागी हुने अपेक्षा गरिएको अयोजकले जनाएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ तथा रोयल इन्फिल्ड राइडरहरुको संस्था फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) को समेत सो कार्यक्रमका लागि सहयोग रहने छ ।
कार्यक्रममा नेपालका विभिन्न भागका राइडरका साथै विदेशबाट समेत सहभागी हुने बताइएको छ ।
निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ । प्रत्येक विन्दुमा सहभागीले एक एकवटा तासको जस्तो पत्ती अर्थात पोकर उठाउन पाउछन् । वीचमा उनीहरु साथसाथै जान्छन् । एकै स्थानमा मोटरसाइकलको लहर देख्दा एक प्रकारको रौनकता पनि थपिन्छ । अन्तिम विन्दुसम्म पुग्दा जसको नम्बर बढी हुन्छ, उसैलाई बिजेता घोषणा गरिन्छ ।
राइडरहरुका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो । तर यो भन्दा वाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ ।

त्यसैगरी बेस्ट सपोर्टिङ वुमन राइडरका साथै सबैभन्दा लामो दुरी पार गरी कार्यक्रममा भाग लिन आउने राइडरलाई ‘द लङगेस्ट डिस्टेन्स राइडर’, सबैभन्दा धेरै उमेरको राइडरलाई ‘सिनियर सिटिजन्स अवार्ड’ र सबैभन्दा धेरै ब्रेकडाउन हुने मोटरसाइकललाई ‘हार्ड लक अवार्ड’ प्रदान गरिने छ ।
चैत ३० का दिन नेपाल पर्यटन बोर्डको प्रांगणबाट राइडरहरुको टोली पोखराका लागि प्रस्थान गर्नेछ । उनीहरुले पहिलो कार्ड यही संकलन गर्नेछन् । त्यसपछि दोस्रो कार्ड नौविसेमा संकलन हुनेछ भने मुग्लिनमा तेस्रो र पोखरा भन्दा ३५ किलोमिटर यता अकला हाइवेमा चौथो कार्ड संकलन हुनेछ ।
अन्तिम गन्तव्य पोखरा ल्याण्डमार्क होटलमा पाँचौ कार्ड संकलन हुनेछ । त्यही नै सहभागीहरुले लाइभ ब्यान्ड, बार्बेक्यु, डिनर सहित उत्साहपूर्वक नयाँ वर्ष २०८१ मनाउने छन् । पोकर रनमा सहभागी हुन चाहने इच्छुकले आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
नयाँ वर्ष २०८१ को पहिलो दिन च्यारिटी राइड र विभिन्न पुरस्कार वितरणको कार्यक्रम सम्पन्न गरी अर्को दिन राइडरहरु आफ्नो गन्तव्यमा फर्किने छन् ।
प्रत्येक वर्ष आयोजना हुने पोकर रनको आगामी संस्करणका लागि देश तथा विदेशका रोयल इन्फिल्ड राइडरहरु उत्साही भएको आयोजकको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...