चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन् । शनिवार भरतपुरमा भएको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पियाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको प्रथम उपाध्यक्षमा इन्द्र प्रसाद रेग्मी द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा कमल अधिकारी, कोषाध्यक्षमा यज्ञ प्रसाद पौडेल र सदस्यहरुमा जनक कुमार ढकाल, विष्णु सेढाई, सुमन बर्तौला, होमनाथ पौडेल, विकास घिमिरे चयन भए । कार्यसमितिको कार्यकाल आगामी २ वर्षको रहनेछ ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष शिरिष पन्त्त, एसोसिएसनका पूर्व अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य गोपाल भट्टराई लगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

पिया यो भन्दा पहिले पनि अध्यक्ष थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...