कच्ची सडकमा निकै सहज भएको बताउँछन् फोर्ड फिगो चढ्ने ‘पिरिम नलाउने’ गायक आशिष

कच्ची सडकमा निकै सहज भएको बताउँछन् फोर्ड फिगो चढ्ने ‘पिरिम नलाउने’ गायक आशिष सचिन
नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक हुन्– आशिष सचिन । ‘पिरिम नलाउने’ गीतबाट चर्चामा आएका सचिनको त्यसपछिका अधिकांश गीत हिट छन् । पिरिम नलाउने सँगै ‘एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, पानी बादलु’ लगायतका गीत हिट छन् । उनले करिव ९ महिना अघि फोर्ड कम्पनीको फिगो गाडी किनेका छन् । यही विषयमा केन्द्रीत रहेर नेपाल अटोले सचिनसँग गरेको अटो वार्ता :

अहिले कुन गाडी चढिरहनुभएको छ ?
अहिले फोर्डको फिगो चढिरहेको छु ।

कहिले किन्नुभएको हो ?
९ महिना भयो ।

यसभन्दा अघि कुन सवारी साधन चढ्नुहुन्थ्यो ?
म टीभीएसको अपाचे मोटरसाइकल चढ्थेँ ।

गाडी र मोटरसाइलमा यात्रा गर्दा के फरक पाउनुभयो ?
म सांगीतिक क्षेत्रको मान्छे । त्यस माथि पनि संगीत प्रेमी भएकाले गाडीमा यात्रा गर्दा गीत संगीत सुन्न पाइन्छ । काठमाडौंको सडक हामीलाई थाहा नै छ । गाडीमा यात्रा गर्दा धुलो धुवाँबाट पनि मुक्त भइने भैयो । यात्रा पनि सुरक्षित हुने भयो । आफूले भनेको ठाउँमा आरामदायी तरिकाले पुग्न सहज हुँदो रहेछ ।

कतिमा किन्नुभएको हो ?
३१ लाख ७० हजार रुपैयाँ प¥यो ।

कार चढेर यात्रा गर्न सहरी क्षेत्रमा कत्तिको कठिन छ ?
सबैभन्दा कठिन त ट्राफिक जाम नै हो । त्यसैले घरबाट निस्कँदा अलि छिटो निस्कन्छु ।

आफैं ड्राइभिङ गर्नुहुन्छ कि ?
आफैं गर्छु ।

ड्राइभिङ कसरी सिक्नुभयो ?
मैले ४ वर्ष अघि नै गाडी चलाउन सिकेको हुँ । सिंहदरबार नजिकै रहेको भ्याली ड्राइभिङ सेन्टरमा गाडी सिकेको हुँ । करिव एक हप्तामै गाडी सिक्न सफल भएँ । सायद म छिटो गाडी सिक्नेमा पर्छु । गाडी सिकेको एक हप्तामै लाइसेन्सका लागि फर्म भरेँ । एकैपटकमा गाडीको लाइसेन्स निकालेँ ।

अहिलेसम्म कारमा सबैभन्दा लामो यात्रा कहाँसम्म गर्नुभएको छ ?
त्यति धेरै यात्रा गर्न पाइएको छैन । अहिलेसम्म लामो यात्रा भनेकै नगरकोटसम्म हो ।

तपाईँलाई फिगोको मनपर्ने विशेषता के के हो ?
पहिलो कुरा त लक्जरियस छ । अटोमेटिक गियर हो । इन्जिन पावर एकदमै राम्रो छ । काठमाडौंका कच्ची सडकमा चढ्नलाई आरामदायी छ ।

राजधानीको ट्राफिक जामबाट कत्तिको हैरान हुनुहुन्छ ?
मैले लिएको केही समयमा लकडाउन भयो । म कलाकार भएकाले यो बेला अलि अलि बाहिर निस्कन पाएको थिएँ । गाडी लिएको केही समयमा लकडाउन भएकाले राजधानीको खुला सडकमा गाडी हुँइक्याउने अवसर पाएँ । त्यसैले खासै जामको अनुभव भएको छैन । तर सामान्य अवस्थामा भने पक्कै पनि हैरानी खेप्नु पर्ने हुन्छ ।

ट्राफिक कारवाहीमा पर्नुभएको छ कि छैन ?
चेकिङमा त परिरहन्छु तर कारवाहीमा परेको छैन ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...