निसान म्याग्नाइटको एक वर्ष पुरा : भारतमा ३० हजार बिक्री हुँदा नेपालमा कति
भारतमा निसान म्याग्नाइट लन्च भएको एक वर्ष पुरा भएको छ । गत वर्षको डिसेम्बर...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपालमा सेल्स पर्फमेन्सको लागि बी–एसयूभी आइसीई सेगमेन्टमा ‘२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ । निसान मोटर इन्डियाद्वारा ‘डिफाइ अर्डिनरी’ आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’ मा सो अवार्ड प्रदान गरिएको हो ।
उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एओमआईईओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लियोन डोरसेर्स र निसान मोटर इन्डिया प्रालिका प्रबन्ध निर्देशक सौरभ वत्साद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।
भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित उक्त सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारहरूको उपस्थिति रहेको थियो । पायोनियर मोटोकर्पले नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पार्न सक्रिय भूमिका खेल्दै आइरहेको छ भने पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलताहरू पनि हासिल गर्दै आएको छ ।
यस ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली सेल्स पर्फमेन्स र निरन्तर बजार नेतृत्वको निम्ति पायोनियर मोटोकर्पले गरेको योगदानलाई बढावा दिने कम्पनीको भनाइ छ ।
कन्फ्रेन्समा दक्षिण एसियाको बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरिएको थियो, जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडीहरू बी–एमपीभी, सी–एसयूभी र सी–एसयूभी प्लस आगामी १८ महिनाभित्र सार्वजनिक गरिने योजना पनि समावेश थियो ।
यसका साथै क्षेत्रीय बजार विस्तारका लागि अन्य अन्तर्राष्ट्रिय मोडलहरू समेत प्रस्तुत गरिने घोषणा गरिएको थियो । यी सबै मोडलहरू निसानको मूल एसयूभी डीएनए र जापानिज क्राफ्ट्स्मेनसिपको प्रतिबिम्ब हुने बताइएको छ ।
यी मोडलहरू निसानको ‘वान कार, वान वर्ल्ड’ रणनीतिअनुसार सार्वजनिक गरिनेछ जुन २०२४ को अक्टोबरमा नयाँ निसान म्यागनाइटको लन्चसँगै ल्याइएको थियो ।
भारतमा निसान म्याग्नाइट लन्च भएको एक वर्ष पुरा भएको छ । गत वर्षको डिसेम्बर...
काठमाडौं – जापानी कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’...
काठमाडौँ — नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...