चिनियाँ कम्पनी जोङसेनसँग मिलेर पियाजियोले बनाउदै छ नयाँ १५० सीसीको इन्जिन

पियाजियोले आफ्नो आगामी स्कुटरको लागि नयाँ इन्जिन तयार गर्दैछ । जानकारी अनुसार कम्पनीले १५० सीसी इन्जिनमा काम गरिरहेको छ । यो नयाँ इन्जिन विकास गर्न कम्पनीले चिनियाँ मोटरसाइकल निर्माता कम्पनी जोङसेनसँग सहकार्य गरेको छ । एक रिपोर्ट अनुसार दुवै कम्पनीले एसियाली र युरोपेली बजारका लागि यो इन्जिन विकास गरेका हुन् ।

यो नयाँ १५० सीसी लिक्विड–कुल्ड इन्जिनलाई ’जी१५०एस’ भनिनेछ र यसले अधिकतम १५ बीएचपीको पावर र १५ एनएमको टर्क जेनेरेट गर्छ । जी१५०एसमा पनि स्टार्ट–स्टप सिस्टम, कीलेस इग्निशन र साइलेन्ट स्टार्ट सिस्टम दिइएको छ । सो इन्जिन नयाँ स्कुटर मोडलसँगै २०२२ मा लन्च हुने अपेक्षा गरिएको छ । यो इन्जिनको प्रयोगले कम्पनीका स्कुटरको मूल्य समेत बढ्ने अपेक्षा गरिएको छ ।

पियाजियोले आफ्नो बारामती प्लान्टमा ऐप इलेक्ट्रिक थ्री–ह्वीलर्सको रेन्ज एसेम्बल गर्न अल–वुमन वर्कफोर्स सुरुवात गरेको छ । बारामती र वरपरका विभिन्न प्राविधिक प्रतिष्ठानबाट महिला कर्मचारी खटाइएको छ । महिलाहरूलाई एसेम्बली लाइनमा आउनुअघि सुरक्षा प्रक्रिया, उपकरणको प्रयोग, इलेक्ट्रिक सवारी र बीएमएस, मोटर, ई–बक्सलगायतका विषयमा पनि तालिम दिइन्छ ।

पियाजियोको बारामती प्लान्टमा महिला कार्यबलले ऐपको इलेक्ट्रिक मोडेल ऐप ई–सिटि र ऐप ई–एक्स्ट्रा एसेम्बल गर्छ । ऐप इलेक्ट्रिक एसेम्बली लाइनमा काम गर्ने महिलाहरू गुणस्तर नियन्त्रण जाँच, फिटिङ, एसेम्बली, इलेक्ट्रिकल र समग्र सामग्री व्यवस्थापनको लागि जिम्मेवार हुनेछन् ।

पियाजियोले भारतमा आफ्ना दुई पाङग्रे र तीन पाङग्रे सवारी साधनको पहुँच विस्तार गर्दैछ । कम्पनीले भारमा ७२५ डिलरशिप र ११०० कस्टमर टचप्वाइन्ट सञ्चालन गर्दैछ । कम्पनीले हाल भारतमा अप्रिलिया, भेस्पा र ऐप जस्ता ब्रान्ड बिक्री गर्दै आइरहेको छ ।

पियाजियोले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर पियाजियो वान अन्तर्राष्ट्रिय बजारमा लन्च गर्दैछ । सो पियाजियो कम्प्याक्ट इलेक्ट्रिक स्कुटर हुनेछ तर राइडरमा कम्फर्ट दिन ठूलो फुटरेस्ट हुनेछ ।

पियाजियो इलेक्ट्रिक स्कुटर दुई भेरिएन्ट वान र एक्टिभमा लन्च हुनेछ । एक्टिभ भेरिएन्टमा वान भन्दा धेरै रेन्ज र स्पिड दिन सकिन्छ । पियाजियो वानमा १.२ केडब्ल्युएच क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसको इलेक्ट्रिक मोटरले १.६ बीएचपी पावर जेनेरेट गर्छ । स्कुटरले ४३ किमी÷घन्टाको टप स्पिड दिन्छ र फुल चार्जमा ५५ देखि ६० किलोमिटरको ड्राइभ रेन्ज प्रदान गर्नेछ ।

नेपाली बजारमा पियाजियो कम्पनीको भेस्पा स्कुटर बिक्रीका लागि उपलब्ध भइरहेको छ भने जोङसेन ब्रान्ड पनि भर्खरै भित्रिएको छ ।

सम्बन्धित समाचारहरू

अप्रिलियाले लन्च गर्यो २५० सिसीको म्याक्सी स्कुटर

अप्रिलियाले लन्च गर्यो २५० सिसीको म्याक्सी स्कुटर

इटालियन टु ह्विलर निर्माता अप्रिलियाले चीनीयाँ बजारमा २५० सीसीको...

५ हजार वढाएर नयाँ बिक्रेताले शुरु ग-यो भेस्पा अप्रिलियाको बिक्री

५ हजार वढाएर नयाँ बिक्रेताले शुरु ग-यो भेस्पा अप्रिलियाको बिक्री

भेस्पा र अप्रिलियाको नेपालका लागि नयाँ विक्रेता डेल्टा अटोकर्पले...

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर अव बौद्धमा पनि

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर अव बौद्धमा पनि

काठमाडौं –डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...