पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छुट पाइने

पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छुट पाइने भएको छ । ‘डेलिभरी ह्यापिनेस एट योर डोर स्टेप’ योजना अन्तर्गत पठाओले फुड मेनुमा ३० प्रतिशत सम्म छुट र डेलिभरीमा विशेष छुट दिने भएको हो । 

करिब ४० वटा रेष्टुरेन्टसँगको सहकार्यमा फूड मेनुमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको पठाओले जनाएको छ । साथै पठाओ फुडबाट अर्डर गरेको ४५ मिनेट भित्र कम्पनीले डेलिभरी समेत दिनेछ । 

पठाओका अनुसार ग्राहकले फुडम्यानको लाइभ ट्रयाकिङ गर्न सक्ने र एकै पटक तीन फरक रेष्टुरेन्टबाट अर्डर गर्न सक्नेछन् । पठाओले हाल स्वास्थ्यका मापदण्ड अपनाएर सेवा दिइरहेको छ । 

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको थियो ।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको एक घण्टामै होम डेलिभरी दिने गरि जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणको क्रममा रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...