पठाओ राइडर र ग्राहकको बिमा गरिने, एभरेष्ट इन्स्योरेन्ससँग समझदारी

काठमाडौं – राइड सेयरिङ तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहक र राइडर तथा चालकहरुलाई बिमा सुविधा प्रदान गर्नका लागि एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ ।

उक्त साझेदारी अन्तर्गत राइडको दौरान कुनै पनि ग्राहक तथा राइडर र चालकहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँ सम्मको बिमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै कुनै पनि ग्राहक तथा राइडर र चालकहरुले १ लाख रुपैयाँ सम्मको दुर्घटना उपचार बिमा पनि पाउनेछन् ।

यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बिमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडरहरुले यो सुविधा लिन सक्नेछन् ।

पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आफूहरुले बिमा सुविधा प्रदान गर्नका लागि आवश्यक साझेदारी गरिसकेकाले सबैलाई विश्वस्त हुन आग्रह गरेका छन् ।

आफूहरुले प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गौरवान्वित भएको समेत उनले बताए ।

पठाओले हालसम्म ७५ हजार भन्दा बढी राइडरहरुलाई तालिम दिइसकेको र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेको बस्न्यातले बताए ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...