बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ ।
चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु गरेको कम्पनीले जनाएको छ ।
सामाजिक दूरी कायम गर्दै गोंगबु बसपार्कमा आयोजित सहायता कक्ष हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका तर्फबाट रजत श्रेष्ठ, टाटा मोटर्स कमर्सियल गाडीका तर्फबाट सुरज सिंह, यातायात व्यवस्था विभागका तर्फबाट केशव जम्मरकट्टेललगायत महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका कर्मचारी प्रतिनिधिको उपस्थितिमा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थित हुने ट्राफिक प्रहरी तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यानिटाइजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
गत वर्ष भन्दा यो वर्ष दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या कम हुने अनुमान गरिए पनि जाने यात्रुहरुलाई टिकट बुकिङका क्रममा बिभिन्न खालका समस्याहरु भोग्नु नपरोस् भनेर यात्रु सहायता कक्ष राखिएको सिप्रदीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...