जेएसडब्ल्यु मोटर्स र डसल्ट सिस्टेम्सबीच साझेदारी, तिहारमा पहिलो कार लन्च गर्ने तयारी

जेएसडब्ल्यु मोटर्सले विश्वस्तरीय गतिशीलता सिस्टम विकास गर्ने लक्ष्यसहित फ्रान्सको अग्रणी सफ्टवेयर कम्पनी डसल्ट सिस्टम्ससँग साझेदारी गरेको छ। टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रापछि अब जेएसडब्ल्यु मोटर्सले पनि भारतीय कार बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गर्ने तयारी गरिरहेको छ।

सो साझेदारीअन्तर्गत डसल्ट सिस्टेम्सको थ्रीडी एक्सपिरियन्स प्लेटफर्म जेएसडब्ल्यु मोटर्सका आगामी सवारी साधनहरूको डिजिटल मेरुदण्डको रूपमा प्रयोग हुनेछ । यसले डिजाइन, विकास र उत्पादन प्रक्रियालाई एउटै डिजिटल सिस्टममा समेट्दै सवारी साधन निर्माणलाई अझ छिटो, प्रभावकारी र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

जेएसडब्ल्यु मोटर्सले चाँडै नै आफ्नो पहिलो सवारी साधन लन्च गर्ने तयारी गरिरहेको छ। रिपोर्टका अनुसार कम्पनीले आगामी तिहारको अवसर पारेर आफ्नो पहिलो एसयूभी बजारमा ल्याउन सक्छ। सो सवारी साधन चेरी ब्रान्डको जीटुर २ मा आधारित हुने र यसको मूल्य करिब १५ देखि २५ लाख भारुको बीचमा रहने अनुमान गरिएको छ। उक्त एसयूभीले बजारमा लोकप्रिय महिन्द्रा थारलाई कडा प्रतिस्पर्धा दिने विश्वास गरिएको छ।

जेएसडब्ल्यु मोटर्सले डसल्ट सिस्टेम्सका क्याटिया र इनोभिया जस्ता उन्नत सफ्टवेयर समाधानहरू प्रयोग गर्नेछ। यी प्रविधिहरूले सवारी साधनको डिजाइनदेखि इन्जिनियरिङसम्म सम्पूर्ण प्रक्रिया एउटै प्लेटफर्ममा एकीकृत गर्न मद्दत गर्नेछ ।

जेएसडब्ल्यु मोटर्सले मोड्युलर र स्केलेबल आर्किटेक्चरमा आधारित सवारी साधन विकास गर्ने योजना बनाएको छ । साथै, डसल्टको डेल्मिया सफ्टवेयरले उत्पादन प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै स्रोतको उचित प्रयोग र कार्बन उत्सर्जन घटाउन सहयोग गर्नेछ। भर्चुअल ट्विनिङ प्रविधिको प्रयोगले उत्पादनका क्रममा हुने त्रुटिहरू घटाउने र लागत कम गर्ने अपेक्षा गरिएको छ।

जेएसडब्ल्यु मोटर्सले आफ्ना सवारी साधनको निर्माणमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अपनाएको पनि जनाएको छ। आधुनिक प्रविधि, रणनीतिक साझेदारी र स्पष्ट दृष्टिकोणका साथ जेएसडब्ल्यु मोटर्सले भारतीय अटोमोबाइल बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने संकेत देखिएको छ।

सम्बन्धित समाचारहरू

सन् २०२३ : टाटा र हुन्डाईका कारसँग प्रतिस्पर्धा गर्न आउने छन् यी धेरै ब्रान्डका इलेक्ट्रिक कार

सन् २०२३ : टाटा र हुन्डाईका कारसँग प्रतिस्पर्धा गर्न आउने छन् यी धेरै ब्रान्डका इलेक्ट्रिक कार

सन् २०२२ सकिदै छ । यो वर्ष धेरै इलेक्ट्रिक कार निर्माता कम्पनीहरुले यो...

महिन्द्रा बीई ६ई अब बीई६ नामले चिनिने

महिन्द्रा बीई ६ई अब बीई६ नामले चिनिने

महिन्द्राले हालै भारतमा सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी बीई ६ईको नाम...

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरका तीनवटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...