इभी एक्सपोमा सहभागी हुँदैछन् ८ व्रान्डका गाडी र १६ व्राण्डका इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्दैछ । असोज ६ देखी ९ गतेसम्म अयोजना हुने एक्सपोमा सवारी साधनतर्फ ८ वटा व्रान्डका चार पाङ्ग्रे तथा १६ व्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकलले सहभागिता जनाउँदै छन् । यी वाहेक वैंक तथा वित्तिय संस्था, ग्यारेज इक्विपमेन्ट र अन्य इभीसंग सम्वन्धित कम्पोनेन्ट बिक्रेता कम्पनी समेत सहभागी हुँदैछन् ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको आयतमा प्रतिवन्ध लम्विदै गएपछि नाडाले वृहत अटो शो स्थगन गरेर नेपालमै पहिलोपटक इभी एक्सपो आयोजना गर्न लागेको हो ।

एक्सपोमा सहभागी हुन आवेदन दिएका ब्रान्डलाई स्टल वाँडफाँडको काम समेत नाडाले सम्पन्न गरिसकेको छ । गाडीबाट एक्सपोमा टाटा, हुन्डाई, टेस्ला, नेटा, विवाइडी, चांगन, ट्रियो थ्रि ह्विलर र विएफएसके व्रान्डले सहभागिता जनाउने भएका छन् ।

जसअन्तर्गत टाटाको नेक्सन र टिगोर, हुन्डाइको कोना र आयोनिक ५, टेस्लाको मोडल थ्रि, मोडल सिक्स तथा मोडल वाई, नेटाको भी मोडल, चांगनको भ्यान, विवाइडीको इ६, एम३ तथा टि३ र विएफएसकेको पनि भ्यान प्रदर्शनी हुनेछन् ।

यसैगरी टु ह्विलरतर्फ लेभनिङ, एनआइयू, यादिया, ओला, सिएफमोटो जिहो, सुपर सोको, हिरो इलेक्ट्रिक, दोहान, मिकु, जोय, सेग्वे, आयम, टेल्जि, प्योर, रेक्ट्रो र रेय मोटर्सले सहभागिता जनाउने छन् । यी मध्ये जिहो, जोय, ओला र रेय मोटर्स लगायतका इलेक्ट्रिक टु ह्विलरलाई एक्सपो स्थलबाटै औपचारिक लन्च गरिने तयारी गरिएको छ ।

यो एक्सपोमा गाडीबाट एमजी, किया, निशान, दिगो, डेरी र सिटी स्पिरिट लगायत ब्रान्ड भने सहभागी नहुने भएका छन् । यसैगरी नेपाल आउने तयारीमा रहेको वुलिङ व्रान्डको मिनी एसयूभलाई समेत देख्न पाइने छैन । टु ह्विलरतर्फ तीन दर्जन हराहारी ब्रान्ड उपलब्ध भएपनी आधा भन्दा बढी ब्रान्डले सहभागी हुन अनिच्छा देखाएका छन् ।

सम्बन्धित समाचारहरू

टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट...

सनलङको इलेक्ट्रिक कार्गो पिकअप अब नेपालमा

सनलङको इलेक्ट्रिक कार्गो पिकअप अब नेपालमा

काठमाडौं – सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ । ब्लु...

एमएडब्लु वृद्धिले नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, के–के छन् आकर्षण ?

एमएडब्लु वृद्धिले नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, के–के छन् आकर्षण ?

काठमाडौं–एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...