काठमाडौंमा पार्किङ : अन्डरग्राउन्ड कि बहुतले ?

पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढेको समयमा काठमाडौंमा पार्किङको चर्चा चुलिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले रिभर्स बोरिङ सहितको भूमिगत पार्किङ बनाउने घोषणा गरे पश्चात फेरि पार्किङले चर्चा पाएको हो ।

काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत उनले सो घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिकामा रहेको सवारी साधन पार्किङको समस्या समाधानका लागि एक अध्ययन टोली गठन गर्ने कुरा नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले सो अध्ययन टोलीले दिएको प्रतिवेदनको आधारमा खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक विधिबाट सवारी साधन पार्किङको व्यवस्थापन गरिने बताए ।

बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिकाको वडा नम्बर ११ मा रहेको खुल्लामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने कुरा पनि नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ ।

यद्यपि उनको यो योजनाले कति सार्थकता पाउछ, भविष्यले नै बताउने छ ।

काठमाडौंमा पार्किङका योजना धेरैले ल्याएका छन् । यो भन्दा पहिले नगर विकास कोषले समेत स्मार्ट पार्किङ बनाउने भनेर प्रस्ताव नै आह्वान गरेको थियो । उपत्यकाका विभिन्न स्थानमा पार्किङ बनाउने भनेर प्रस्ताव आह्वान गरे पनि भने अनुसार प्रस्ताव नपरेको बताइएको छ ।

कोषले सूचना जारी गर्दै कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा संचालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थाले प्रस्ताव पेश गर्न सक्ने उल्लेख गरेको थियो ।

कोषले जारी गरेको सूचनाअनुसार काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशला, चाबहिल, मित्रपार्क सम्भाव्य स्थान रहेका छन्।

त्यस्तै लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यावसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको छ।

यद्यपि थापाथली र केही स्थानमा मात्र यस्तो पार्किङ बनाउन मिल्ने गरी प्रस्ताव आए पनि विभिन्न कारणले यो कार्य अगाडि बढ्न सकेको छैन ।

यो भन्दा अगाडि आइडिया फर नेपालले पनि स्मार्ट पार्किङ बनाउने घोषणा गरेको थियो । यो कार्य पनि खासै देखिने गरी अगाडि बढ्न सकेको पाइदैन ।

काठमाडौंमा पार्किङ समस्या धेरै छ । तर यसको समाधानका लागि उपयुक्त विकल्प अझै भेटिएको छैन । अन्डरग्राउन्डा वा बहुतले पार्किङ बनाउनु नै अबको विकल्प त हो । तर त्यसको कार्यान्वयन भने अलि अप्ठ्यारो नै छ ।

सम्बन्धित समाचारहरू

मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै पोखरा महानगर

मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै पोखरा महानगर

कास्की – पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप,...

मोटर बिमामा निषेधाज्ञा अवधिको बिमाशुल्क छुट पाइने

मोटर बिमामा निषेधाज्ञा अवधिको बिमाशुल्क छुट पाइने

काठमाडौं – बिमा समितिले मोटर बीमामा निषेधाज्ञा अवधिभरको बिमाशुल्कमा छुट...

सडक अनुशासन : हेभी सवारी साधन किन बायाँ किनाराबाटै चलाउने ?

सडक अनुशासन : हेभी सवारी साधन किन बायाँ किनाराबाटै चलाउने ?

नेपालका सडकहरूमा गुड्ने ठूला तथा भारी (हेभी) सवारी साधनहरू ट्रक, बस र टिप्पर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...