पनौती-काठमाडौं खण्डमा अब ईभी माइक्रोबस

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (ईभी माइक्रो) सञ्चालनमा ल्याएको छ ।

यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो ।

खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ । सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा ईभी माइक्रो सञ्चालन उद्घाटन गरे। “हाल दुई रुटबाट पाँच(पाँच वटा ईभी माइक्रोले सेवा दिनेछौँ, पछि आवश्यकताअनुसार थप्दै जानेछौँ”, उनले भने ।

पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको ईभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।

सम्बन्धित समाचारहरू

एकैपटक ८०.७ प्रतिशत बढ्यो बीवाईडीको आम्दानी, सन् २०२३ मा आम्दानीले ग-यो रेकर्ड ब्रेक

एकैपटक ८०.७ प्रतिशत बढ्यो बीवाईडीको आम्दानी, सन् २०२३ मा आम्दानीले ग-यो रेकर्ड ब्रेक

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले गत वर्ष भन्दा २०२३ मा ८०.७ प्रतिशत...

नेपालमै पहिलो पटक कारमा भरियो हाइड्रोजन ग्यास, खुुसी मनाउदै केयु

नेपालमै पहिलो पटक कारमा भरियो हाइड्रोजन ग्यास, खुुसी मनाउदै केयु

काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक हाइड्रोजन कारमा ग्यास भरिएको छ ।...

नयाँ शोरुमसंगै सार्वजनिक भयो वुलिङ एयर इभी

नयाँ शोरुमसंगै सार्वजनिक भयो वुलिङ एयर इभी

इभी नेपाल मोटर्सले नक्सालमा शोरुम उद्घाटनसंगै नयाँ इलेक्ट्रिक कार एयर इभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...