नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड अक्सविन नेपाल भित्रिदै, मूल्य ३ लाख ९० हजार

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड ‘अक्सविन’ को इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिवेल भेइकल प्रालिले सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

अक्सविनको ईएस१ मोडल नेपाली बजारमा उपलब्ध हुनेछ । यसमा ६ हजार वाट क्षमताको मोटर हुनेछ भने ७२ भोल्ट २४ एएचको डबल ब्याट्री उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यो स्कुटर सिंगल ब्याट्री र डबल ब्याट्री प्याकमा उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा ५५ किलोमिटर र ११० किलोमिटर दुरी पार गर्न सक्छ।

यसको टप स्पिड ५० किलोमिटर प्रति घन्टा रहेको छ। यसमा हब मोटर उपलब्ध छ। यसमा भएको ब्याट्री चार्ज गर्न ३ घन्टाको समय लाग्छ।

सम्बन्धित समाचारहरू

पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास–७ अभियान पश्चिमतर्फ बढ्दै

पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास–७ अभियान पश्चिमतर्फ बढ्दै

काठमाडौं– नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि प्रोटन इमास–७ ले...

स्पेसदेखि ३६० डिग्री क्यामेरासम्म : यसरी बदल्दै छ नामी ०१ ले ‘माेडर्न ह्याचब्याक’ को परिभाषा

स्पेसदेखि ३६० डिग्री क्यामेरासम्म : यसरी बदल्दै छ नामी ०१ ले ‘माेडर्न ह्याचब्याक’ को परिभाषा

नेपालमा ‘ग्रेट ह्याचब्याक’ को अर्थ अहिले तीव्र गतिमा परिवर्तन भइरहेको छ ।...

सेरेसको थ्रीएस सुविधासहितको शोरुम अब बुटवलको कालिकानगरमा

सेरेसको थ्रीएस सुविधासहितको शोरुम अब बुटवलको कालिकानगरमा

बुटवल – सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...