चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमा ३ चाइनिज ब्रान्ड
चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै सन्दर्भमा बेलायतमा समेत...
सुन्दर अटो इन्जिनियरिङले आफ्नै प्राविधिकद्वारा आफ्नै डिजाइन र च्यासिस निर्माण गरिएको इलेक्ट्रिक बाइक लन्च गरेको छ । एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यतामा सो बाइक लन्च गरियो ।
गन्तव्य ईभी १००–एस नाम दिइएको सो बाइक फुल चार्ज गर्दा १२० किलोमिटर गुड्ने सुन्दर ग्रुपका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए । यसको मूल्य २ लाख ५० हजार रुपैयाँ तोकिएको छ । आजबाट एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै बाइक प्राप्त गर्न सक्ने अफर रहेको कम्पनीले जनाएको छ ।
१५ सय वाटको मोटर रहेको मोटरसाइकलमा ४८ भोल्टको कन्ट्रोलरह रहेको छ । बाइक चार्ज गर्न १० एम्पियरको अटोमेटिक एसएमपीएस चार्जर रहेको छ ।
सुन्दर ग्रुपद्वारा संचालित सुन्दर इन्जिनियरिङ र सुन्दर यातयातले यो भन्दा पहिले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्नुका साथै इलेक्ट्रिक स्कुटर समेत उपलब्ध गराइरहेका छन् ।
सुन्दर ग्रुपले पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्ने कार्य पनि गरिरहेको छ ।
चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै सन्दर्भमा बेलायतमा समेत...
काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड...
सुजुकीकाे पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई-एक्सेसको बुकिङ भारतमा औपचारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...