कस्तो रहला नयाँ इलेक्ट्रिक कार ओरा गुड क्याटको नेपाली बजार

चीनको प्रख्यात कार उत्पादक कम्पनी ग्रेटवालले उत्पादन गरेको इलेक्ट्रिक कार ओरा गुड क्याट नेपाल भित्रिएको छ । औपचारिक लन्च हुन बाँकी नै रहेको यो कारबारे बिस्तृत बिबरणहरु सार्बजनिक भैनसके पनि इलेक्ट्रिक कारको बढ्दो बजारमा भने यसले राम्रै चर्चा बटुल्न थालिसकेको छ । हाल परीक्षणका लागि केही थान कार मात्र भित्राएको आधिकारिक बितरक भिजी इम्पेक्स प्रालिले जनाएको छ ।

टेक, प्रो र अल्ट्रा गरी तीन भेरिएन्टमा उपलब्ध यी कारको मूल्य भने सार्बजनिक भैसकेको छ । जसअनुसार यी कारको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४३ लाख ९९ हजार र ४७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

झट्ट हेर्दा फक्वागन बिटल जस्तै लाग्ने यो कारको लुक्स हाल बजारमा उपलब्ध इलेक्ट्रिक कारको तुलनमा एकदमै पृथक प्रकारको छ । नेपाली बजारमा अहिले एसयुभी र क्रसओभर सेग्मेन्टका इलेक्ट्रिक कारको माग उच्च रहँदै आएको अबस्थामा रेट्रो क्लासिक लुक्स भएको ह्याचब्याक कार गुड क्याटलाई इभी पारखीले कत्तिको रुचलाउन भन्ने बिषयमा जनकारी पाउन केही समय कुर्नुपर्ने देखिन्छ ।

ब्याट्री र मोटर क्षमताका आधारमा यसको टेक र प्रो भेरियन्टले हुन्डाई कोना, एमजी जेडएस र टाटा नेक्सनसंग प्रतिस्पर्धा गर्ने देखिएको छ । गुड क्याटको यी भेरियन्टमा ४७.७८ किलोवाट आवर क्षमताको ब्याट्री र १०५ किलोवाट आवरको मोटर जडान गरिएको छ । जवकी हुन्डाई कोनामा ३९.२ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटर, एमजी जेडएसमा ४४.५ किलोवाट आवरको ब्याट्री र ११० किलोवाटको मोटर तथा टाटा नेक्सनमा ३०.२ किलोवाट आवरको ब्याट्री र ९५ किलोवाटको मोटर जडान गरिएको छ ।

मूल्यका हिसावले यी भेरियन्टको सिधा टक्कर भने टाटा नेक्सन र एमजी जेडएससंग हुने देखिन्छ । नेपाली बजारमा नेक्सन इभीको मूल्य ३६ लाख ९९ देखी ४० लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएकोमा गुड क्याटको यी भेरियन्टको भने ३९ लाख ९९ हजार र ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । जसका आधारमा गुड क्याटको टेक भेरियन्ट नेक्सन इभीको बेस भेरियन्ट भन्दा ३ लाख र प्रो भेरियन्ट समेत नेक्सन इभीको टप भेरियन्टको तुलनामा ३ लाख रुपैयाँले महंगो देखिएको छ ।

त्यसैगरी एमजी जेडएसको ५० लाख ९९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । जुन गुड क्याटको यी भेरियन्टको तुलनामा ११ लाख रुपैयाँसम्मले बढी हो । हुन्डाई कोनाको भने ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी यसको अर्को भेरिएन्ट अल्ट्रमा ६३.१३० किलोवाटको ब्याट्री जडान गरिएको छ । ब्याट्री क्षमताका आधारमा यसको सिधा प्रतिस्पर्धा हुन्डाईकै अर्को इभी कोना, किया निरो र बिवाइडीको नयाँ ई६ संग हुने देखिन्छ । कोना र निरोमा ६४ किलोवाट तथा बिवाइडी ई६मा ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।

ब्याट्री क्षमता समान भएपनि यी कारको मूल्यमा भने निकै ठूलो अन्तर रहेको देख्न सकिन्छ । गुड क्याटको यो भेरियन्टको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएकोमा कोनाको ७४ लाख ९६ हजार, निरोका ६९ लाख ९० हजार र बिवाइडी ई ६को ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । जसका आधारमा गुड क्याटको यो भेरियन्ट कोनाभन्दा २७ लाख, निरोभन्दा २२ लाख र बिवाईडी ई६ भन्दा ९ लाख ५० हजार रुपैयाँले सस्तो देखिएको हो ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो हाइवे एसुरेन्स : हाइवेमा गाडीको फ्रि चेक अप गर्न सकिने

हुन्डाईले ल्यायो हाइवे एसुरेन्स : हाइवेमा गाडीको फ्रि चेक अप गर्न सकिने

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी...

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

आधिकारिक लन्च अगावै हुन्डाईले आफ्नो बहुप्रतिक्षित क्रेटा ईभीको बुकिङ...

बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

२०२४ मा भारतमा व्यापक रूपमा एसयूभी बिक्री भएको थियो । साथै ७ सिटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...