ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणमा रहेको ग्रेटवाल मोटर्सको इलेक्ट्रिक कार ओरा गुड क्याट अब ‘ओरा ०३’ नाममा आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ओरा ०३ नेपाली बजारमा उपलब्ध गराउने छ ।

गत वर्ष देखि केही थान गाडी ल्याएर नेपाली सडकमा परीक्षण भए पनि यसको औपचारिक बिक्री प्रारम्भ भएको थिएन । थाइल्यान्डमा गुड क्याट, अष्ट्रेलियामा ओरा र युरोपमा फंकी क्याट आदि नामबाट चिनिने यो गाडीको ग्लोबल नेम भने ओरा ०३ हो । यस आधारमा अब ग्लोबल नेमकै आधारमा सो गाडी नेपाल आउने कम्पनी स्रोतको भनाइ छ ।

सो गाडी टेक ४०१, अल्ट्रा ४०१ र अल्ट्रा ५०१ गरी तीन भेरिएन्टमा यो इलेक्ट्रिक कार उपलब्ध छ । सबैभन्दा तल्लो भेरिएन्ट टेक ४०१ को तुलनामा अन्य दुई भेरिएन्टमा धेरै फिचर उपलब्ध छन् ।

पहिले सबै भेरिएन्टमा १०५ किलोवाटको मोटर थियो भने बुट क्षमता २२८ लिटर । त्यसैगरी ग्राउन्ड क्लियरेन्स १४५ एमएम छ । अघिल्लो दुई भेरिएन्टमा ४८ किलोवाट आवर र माथिल्लो अल्ट्रा ५०१ भेरिएन्टमा ६३ किलोवाट आवरको ब्याट्री छ । दुई भेरिएन्टले ४५० किलोमिटर र माथिल्लो भेरिएन्टले ५०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । तीनै भेरिएन्टल १०५ किलोवाट पावर र २१० एनएम टर्क जेनेरेट गर्छ ।

तर अब नेपालमा उपलब्ध हुने ओरा ०३ मा ९९ किलोवाटको मोटर हुनेछ । नेपालमा हाल १०० किलोवाट भन्दा कम क्षमताको मोटर भएको गाडीमा भन्सार शुल्क कम लाग्ने भएकाले धेरै कम्पनीहरुले त्यही अनुसार मोटर विकास गरिरहेका छन् ।

कम्पनी स्रोतका अनुसार नेपाली बजारमा माथिल्लो भेरिएन्ट भने उपलब्ध हुने छैन । नेपाली ग्राहकको मागलाई मध्यनजर गरी ४०० किलोमिटर हाराहारी रेन्ज दिने गाडी नै उपलब्ध गराइने छ ।

आगामी बजेटलाई समेत मध्यनजर गरी कम्पनीले योजना बनाइरहेको छ । यदि अहिलेकै करको दर यथावत रहे यो गाडीको मूल्य ४६ लाख ५० हजार रुपैयाँको हाराहारी हुने अनुमान गर्न सकिन्छ । गत वर्ष नेपाल भित्र्याइएका गाडीको मूल्य ४३ लाख ५० हजार रुपैयाँ थियो । त्यतिबेला डलरको भाउ अहिले भन्दा कम भएकाले पनि यसमा प्रभाव पारेको थियो ।

सम्बन्धित समाचारहरू

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट...

ईभीलाई प्रोत्साहन गर्ने स्पष्ट र स्थिर नीति बनाउन सरकारका नाममा सर्वोच्चको परमादेश

ईभीलाई प्रोत्साहन गर्ने स्पष्ट र स्थिर नीति बनाउन सरकारका नाममा सर्वोच्चको परमादेश

काठमाडौँ– विद्युतीय सवारी साधन (ईभी) लाई निरुत्साहित गर्ने गरी सरकारले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...