खुल्यो ओरा ०३ इलेक्ट्रिक क्रसओभरको बुकिङ, मूल्य ४७ लाख ४९ हजार

काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्ल्युएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले अल–इलेक्ट्रिक क्रसओभर ओरा ०३ को बुकिङ खुला गरेको घोषणा गरेको छ । यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

विश्व प्रसिद्ध कम्पनी पोर्शका पूर्व डिजाइनर इमानुएल डेर्टाद्वारा डिजाइन गरिएको ओरा ०३ ईभी रेट्रो–मोडर्निटी क्रसओभर हो । यसको रेट्रो–मोडर्निटी कन्सेप्ट र क्लासिक डिजाइनले ईभी प्रविधिलाई एकीकरण गरेको मान्न सकिन्छ ।

सौन्दर्यको हिसाबले ओरा ०३ को बाहिरी भागमा नरम रेखाहरू छन् जसले ब्रान्डका अन्य मोडेलहरूलाई पनि चित्रण गर्छ र आधुनिक सुविधाहरूको साथ रेट्रो लुक हुँदा यसले पहिचानयोग्य पारिवारिक शैलीलाई समेत बलियो बनाउँछ ।

अगाडि, गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू हो । यसको रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोही अनुसार माथि राखिएको छ । जसले गर्दा कारको चौडाइमा विस्तारित प्रकाशको सिंगल होरिजन्टल स्ट्रिप बनाउँछ ।

यसको इन्टेरियरमा प्रयोग गरिएको लेदरले आकर्षक बनाएको छ । कारमा भएको रेट्रो–मोडर्निटी कन्सेप्ट ड्राइभर ककपिटमा पनि देख्न सकिन्छ । क्लिन सरफेस, टु–टोन पेस्टल अपहोल्स्ट्री र क्रोम कन्ट्रोलले परम्परागत अवधारणालाई प्रस्तुत गर्छ भने ड्यअल–डिस्प्ले डिजिटल इन्स्ट्रयुमेन्टेसन र इन्फोटेनमेन्ट सिस्टम प्यानले अत्याधुनिक र भविष्यदर्शी अवधारणा देखाउछ ।

ओरा ०३ लाई शतप्रतिशत प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको छ र यसको मोड्युलर साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको छ ।

यसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्ड, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सेफ्टी फिचर छन् । त्यसैगरी रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा सिस्टम जस्ता फिचर समेत छन् ।

अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) र युरो एनक्याप दुवैमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको यो एसयूभीले यसलाई नेपाली बजारमा उपलब्ध सबैभन्दा सुरक्षित विद्युतीय सवारी साधनहरू मध्ये एक बनाएको कम्पनीको भनाइ छ ।

ठुलो र फराकिलो क्याबिन, पानोरामिक सनरुफ, लेदर सिट, टु–वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ ड्राइभिङ मोड आदि फिचर समेत यसमा रहेका छन् ।

ओरा ०३ नेपाली बजारमा एक भेरिएन्ट ‘प्रो’ मा मात्र उपलब्ध हुनेछ । यसमा ४७.७८ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री छ, जसले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

यसमा ९९ किलोवाट पावर र २१० एनएम टर्क भएको पर्मनेन्ट म्याग्नेटिक सिंक्रोनस इलेक्ट्रिक मोटर रहेको छ । यसकारण यो हाइवे वा सिटी राइड दुवैका लागि उपयुक्त हुन सक्छ ।

जीडब्ल्युएम नेपालले हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी प्रदान गर्ने र पार्टपुर्जा बाहेक सम्पूर्ण गाडीमा ४ वर्ष वा १ लाख ५० हजार किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी उपलब्ध गराउने बताएको छ ।

जीडब्ल्युएम नेपालले पहिले देखि नै नेपाली बजारमा ह्याभल एच सिक्स, ह्यावल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवल मोडलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । विश्वका ६० भन्दा बढी देशमा यसका उत्पादन बिक्रीका लागि उपलब्ध छन् ।

गाडी बुकिङ गर्न चाहनेले यो लिंकमा क्लिक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

मर्सिडिज बेन्जले ल्यायो फ्युचरिस्टिक कन्सेप्ट सुपरकार, कारको उचाइ ११६८ एमएम मात्र

जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मर्सिडिज भिजन वान...

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतीय बजारमा हालै लन्च भएको टाटाको नयाँ इलेक्ट्रिक कार पन्च ईभी अहिले...

थ्री रो सीटमा आउने भयो हुन्डाई आयोनिक७, सार्वजनिक भयो तस्विर

थ्री रो सीटमा आउने भयो हुन्डाई आयोनिक७, सार्वजनिक भयो तस्विर

आयोनिक७ को २०२४ मोडल थ्री रो सीट सहित तीन भिन्न पावरट्रेनमा आउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...